विप्लव नेतृत्वको नेपाल वन्दको प्रभाव देशभर ,काभ्रेबाट केन्द्रीय सदस्य सहित १३ जना गिरफ्तार

३० कार्तिक, वाँके । सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि देशभर परेको छ ।

सडकमा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । छोटो दुरीका सवारी साधन भने फाट्टफुट्ट रुपमा चलेका छन । वन्दको प्रभाव वाँके, वर्दिया, कैलाली कन्चनपुर,सुर्खेत लगायतका पश्चिम तिरका जिल्लामा पनि परेको छ ।

वन्दका कारण उद्योग ,कलकारखाना, शैक्षिक संघ सस्था पूर्ण रुपमा ठप्प भएका छन । सरकारले महंगी वढाएर जनताको ढाड सेकोका भन्दै नेकपाले वन्द गर्नु परेको जनाएको छ ।

यसैबीच बन्दको क्रममा प्रहरीेले दमन, धरपकडलाई सुरु गरेको छ । यसैक्रममा आज बिहानै काभ्रेको बनेपाबाट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारसहित १३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस