नेकपा बाँके द्धारा मेडिकल कलेज कोहलपुरलाई विकृति रोक्न ७ दिने अल्टिमेटम

१ पुस,बाँके । विप्लव नेतृत्वको नेकपा बाँकेले मेडिकल कलेज कोहलपुरलाई विरामीको उपचारमा हुने गरेका मानवता विरुद्धका विकृति रोक्न ७ दिने अल्टिमेटम दिएको छ ।
मेडिकल कलेजले हड्डी तथा पत्थरियाको अप्रेसन गर्दा उपचारमा लाहप्रर्वाही गरेको र पटक पटक अस्पतालमा विरामी आउनु पर्ने अवस्थाको सृजना गरि शोषण गरेको आरोप लगाउदै नेकपाले यस्ता विकृति रोक्न ७ दिने अल्टिमेटम दिएको हो ।
नेकपाले विहिवार एक ज्ञापनपत्र अस्पताल प्रशासनलाई हस्तान्तरण गर्दै आफ्नो पार्टीको गम्भीर ध्याकर्षण भएको जनाउदै विकृतिहरु रोक्न आग्रह गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिपक सहितको नेता,कार्यकर्ताहरुको टोलीले अस्पताल प्रशासनका डाक्टर भोजराज जोसीलाई भेटी अस्पताल भित्रका विकृति एक हप्ता भित्र हटाउन आग्रह गरेको छ ।

ज्ञापनपत्र ग्रहणपछि डाक्टर जोसीले अस्पतालमा कमी कमजोरी भएको स्वीकार गर्दै सम्वन्धि डाक्टरलाई सुधार गर्न आग्रह गर्ने आश्वासन दिनु भयो । डाक्टर जोसीले अस्पतालमा यस्ता समस्याहरु पहिले देखि आउने गरेको भएपनि सुधार गर्न सचेत जनताको दवाव नपुगेको वताउनु भयो ।
अस्तपताल प्रशासनलाई ज्ञापनपत्र हस्तान्तरण पछि मेडिकल कलजेको प्राङ्गडमा आयोजित कोणसभामा नेकपाका जिल्ला इन्चार्ज दिपकले हड्डीको अप्रेसन गर्दा तीन चार पटक सम्म हुने गरेको,प्रयोग गरिएका रडहरुको भ्याट विल नदिएको , प्रयोग पछि रडहरु विरामीलाई फिर्ता नगरेको , पुराना रडहरु नयाँ विरामीलाई चर्को मुल्यमा वेच्दै पुनः प्रयोग गर्ने गरेको लगायतका आरोप लगाउनु भयो ।

उहाँले मेडिकल माफियाहरुको चर्को चलखेलले गर्दा औषधि विक्री देखि अस्पतालको औषधि उपचारमा सर्वसाधारणवाट लाखौ पैसा लुटको वताउनु भयो ।
नेकपाले स्वास्थ्य विमाका विरामीहरुले मुल्य वढी भएका औषधि वाहिर वाट किन्नु पर्ने, विमाका विरामीको उपचार ढिलो हुने लगायतका तमाम विकृति भएकोे भन्दै यथाशिघ्र सुधार गर्न माग गरेको छ ।
नेकपाले अस्पताल भित्रका सवै विकृति एक हप्ता भित्रै सुधार नभए त्यसका विरुद्ध थप संर्घषका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने चेतावनी दिएको छ ।


ज्ञापनपत्रको पूर्णपाठ

 

 

प्रतिक्रिया दिनुहोस