प्रकाण्ड पुत्र नरेन्द्र गिरफ्तार

फाल्गुन ५, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रा’न्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क. लाई प्रहारीले पक्राउ गरेकाे छ ।

उहाँलाई प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउपछि कोषाध्यक्ष विकलाई अपराध महाशाखा, टेकु लगिएको प्रहरीले जानकाले जनाएकाे छ ।

क्रान्तिकारी द्धारा शैक्षिक हडतालको घोषणा

नेत्र बिक्र्म चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रा’न्तिकारी) ले आफ्नो संगठनका केन्द्रीय अध्यक्षलाई गिरफ्तार गरिएको विरोधमा आम शैक्षिक हडताल सहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । क्रान्तिकारीले अध्यक्ष लगायत सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएको छ ।

क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम घोषणा गर्नु भएकाे हाे । विज्ञप्तिमा जनाईए अनुसार फागुन ४, ५ र ६ गते प्रचार प्रचार, ७ गते ज्ञापन पत्र पेश गर्ने, ८ गते सबै शिक्षण संस्थाहरुमा कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुश र १४ गते आम शैक्षिक हड्ताल गर्ने कार्यक्रम छ । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लाई यही फागुन १ गते जनयुद्ध दिवसको दिन सुन्धारा बाट प्रहरीले गिरफ्तार गरेको थियो ।

विज्ञप्ति पुर्णपाठ …..

प्रतिक्रिया दिनुहोस