५ फागुन वैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको गत माघ २१ गते वलात्कार पछि हत्या गरेका आरोपी प्रहरीले पक्राउ गरी सार्वजनिक गरको छ । हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई आज प्रहरीले सार्वजनिक गरको हो ।
सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययन गर्ने भागीरथी साँझसम्म घर नआएपछि परिवारले खोजी थालेको थियो । माघ २२ गते विद्यालयबाट घर आउने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा भागीरथीको शव भेटिएको थियो ।
जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको रिपोर्टले भट्टको बलात्कारपछि हत्या भएको पुष्टि गरेपछि घटना निकै रहस्यमय भएको थियो । त्यसपछि यो प्रकरणलाई कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणसँग जोडेर समेत हेरिएको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनालगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली लाई घटनाको अनुसन्धानमा खटाइएको थियो । यो टोली निर्मला प्रकरणकै अनुसन्धानमा समेत खटिएको थियो । अन्ततः घटना भएको १३ औं दिनमा प्रहरीले घटनामा संलग्न व्यक्तिलाई सार्वजनिक गरेको छ ।
भागीरथीको विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेश भट्टले बलात्कारपछि हत्या गरेको पुष्टि भएको प्रहरीले वताएको छ ।