बेपत्ता योद्धा होइन माओवादी नेता र सिद्धान्त बेपत्ता भयोः सुन्दरमणी दिक्षित

काठमाडौ । नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षितले अहिले बेपत्ता योद्धा बेपत्ता नभएर माओवादीका नेता र सिद्धान्त बेपत्ता भएको टिप्पणी गर्नु भएको छ ।

काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै नागरिक समाजका अगुवा दिक्षितले यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले भन्नु भयो ‘आज माओवादीका नेता र उनको सिद्धान्त बेपत्ता भएको छ, जनयुद्धको सिद्धान्त बेपत्ता भएको हो, सरकारमा गएका माओवादीका नेता र सिद्धान्त बेपत्ता भएका हुन ।’

नागरिक समाजका अगुवा दिक्षितले प्रधानमन्त्री प्रचण्ड भएका बेला किन बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न नसेको हो ? भनि प्रश्न गर्नु भयो ।

उहाँले भन्नु भयो ‘बेपत्ता योद्धाहरु जनताको हृदयमा वसेका छन् ,उनीहरु हराएका छैनन्, बरु माओवादी नेताहरुले धोका दिए,सिद्धान्त बेपत्ता पारे, राष्ट्रघात गरे, जनयुद्धको बेपत्ता प्रचण्डलाई खोज्नु पर्यो, १ करोड दिन्छौ भनेर लेख्नु पर्यो ।’

नागरिक समाजका अगुवा दिक्षितले माओवादी नेताहरुको गल्तीले बेपत्ता योद्धा,सहिद परिवार तथा घाईतेहरुको सम्मान हुन नसकेको दाबी गर्नु भयो ।

उहाँले विप्लवलाई केही आसावादी नेताको रुपमा बुझेको भएपनि समाजवादी मोर्चामा गएर आसंका जन्माएको टिप्पणी गर्नु भयो । उहाँले बेपत्ता योद्धाको बारे गरिने कार्यक्रमहरु कर्मकाण्डी नगर्न पनि आग्रह गर्नु भयो ।

उहाँले जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न माग गर्नु भयो । उहाँले भन्नु भयो ‘अव विद्रोह गर्नु पर्छ, हिक्मत गर्नु पर्छ, पद र पैसामा डुब्ने होईन ।’

प्रतिक्रिया दिनुहोस