विप्लव र वैद्य निकट विद्यार्थी संगठनद्धारा सिटीभिइटीको मुल्य वृद्धि विरुद्ध आन्दोलन


१ साउन,काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) विप्लव र अनेरास्ववियू (क्रान्तिकारी) वैद्य निकट विद्यार्थी संगठनले सिटिईभिटीका कोर्षहरुमा मुल्य वृद्धि गरिएको विरुद्ध निरन्तर आन्दोलन गरिरहेका छन ।

दुवै संगठनहरुले सिटिभिईटिको कार्यालयमा तालावन्दी गर्ने देखि धर्ना सम्म दिने कार्य गरिरहेका छन ।

दुवै विद्यार्थी संगठनहरुले प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम परिषद (सीटिभिईटी) ले चालु शैक्षिक सत्रवाट लागु हुने गरि पीसीएल नर्ससिङ्गमा करिव ३१ दशमतव ४२ प्रतिशत वृद्धि गरी ६ लाख २४ हजार २ सय ३०, एचएमा २९ दशमतव ६६ प्रतिशत मुल्य वृद्धि गरी ५ लाख २३ हजार ८सय २० र डिप्लोमा इन फार्मेशीमा २५ दशमलव ७२ प्रतिशतले मुल्य वृद्धि गरी ४ लाख २३ हजार ६ सय ६० मुल्य पुर्याएको भन्दै चर्को विरोध गरेका हुन ।

दुवै विद्यार्थी संगठनहरुले छुट्टा छुट्टै रुपमा सिटिभीइटिको कदम विरुद्ध काठमाडौ सहित देशभर आन्दोलन गरिरहेका छन ।
विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा गरिएको मुल्यवृद्धिले निम्न आर्य श्रोत भएका जनताका छोरा छोरीहरु पढन कठिन हुने भएको भन्दै मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन ।

अनेरास्ववियू (क्रान्तिकारी) विप्लवका केन्द्रीय उपाध्यक्ष नरेन्द्र विक र अनेरास्ववियू (क्रान्तिकारी) वैद्यका पूर्व केन्द्रीय सचिव तथा विश्व विद्यालय सिटीभिईटी कमिटी संयोजक रामवहादुर तिरुवाले आ आफ्नो संगठनहरुले चरणवद्ध देशभर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको जानकारी दिएका छन ।

सिटीभिईटीले यहि असार २९ गते एकाएक प्राविधिक शिक्षाका कोर्ष तर्फ मुल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस