राष्ट्रिय सभा सदस्य नरपति सुनारको खुलासा “ त्यो कमारा पनि त्यहि गएको थियो भन्दै अपशव्द बोलियो”

१ साउन,कालिकोट । राष्ट्रियसभा सदस्य नरपति सुनारले आफू राष्ट्रियसभा सदस्य भईसकेपछि पनि आफ्नै पार्टी भित्रका नेताबाट जातीय विभेदको झल्को देखिने गरि ‘कमारा’ भन्ने अपशव्द प्रयोग गरिएको वताएका छन ।

राष्ट्रिय सभा सदस्य सुनारले दलितहरु माथिल्लो तहमा पुगेको ठीक नमान्ने जातीय अहंकार बोकेका व्रहमाणवादी चिन्तनबाट ग्रस्तीत भएकाले आफू राष्ट्रिय सभा सदस्य भएको स्वीकार गर्न नसक्नुको परिणाम स्वरुप यस्तो अपशब्द प्रयोग गरिएको खुलासा गरे ।

राष्ट्रिय सभा सदस्य सुनारले ज्वाला खवर डट्कम संगको कुराकानीमा आफू माथि समेत विभेद गर्ने नेताहरुले वाहिर के गरिरहेका होलान ? भनि प्रश्न गर्दै आफूले भोगेका विभेदहरुको खुलासा गरेका हुन ।

उनले आफ्नै गाउँका तत्कालिन एमाले नेता तथा शिक्षक हाल रास्कोट नगरपालिकाका उपमेयर मनिराज बरालले आफू माथि कमाराको अपशब्द प्रयोग गरेको खुलासा गरे ।

उनले भने “कुरा २०७५ साल कार्तिकको हो । म जन्मघर कालिकोट रास्कोट फुकोट गएको थिए । म फुकोटको तोली विद्यालयको निरिक्षणको काम सकेर म संग भएका एउटा पत्रकार लंक धमाला र म आफ्नै गाउँ पलातीवाडा आयौ । वुद्धि न्यौपानेको पसलमा वसेका थियौ । पत्रकार धमाला र म संगै बसेका थियौ । पत्रकार धमालाले आफ्नो बाजे नाता पर्ने शिक्षक तथा एमाले नेता बराललाई फोन गरे । उनले भने ‘बाजे हामी आज माननीय अंकल संगै तोली स्कुलको कार्यक्रममा गएका थियौ । तपाई कहाँ हुनुहुन्छ ?’ त्यसपछि फोनमै शिक्षक तथा पार्टी नेता बरालले भने ‘त्यो कमारा पनि त्यहि गएको थियो ओइ’ यो कुरा मैले मेरै कानले सुन्न पाए ।”

यी हुन अपशव्द वोल्ने तत्कालिन एमालेका नेता हाल नेकपा (समाजवादी)का नेता तथा रास्कोट नगरपालिकाका उपमेयर मनिराज बराल

उनले आफु माथि आफ्नै पार्टीको नेताले यसरी अपशव्द प्रयोग गरेको सुने पछि त्यतिवेला आफु रिसले आक्रोसित भएको वताए । उनले जातीय अहंकार र पुरानो चिन्तन अन्त्य नभए सम्म जस्तो व्यवस्था आएपनि पार्टी भित्र र वाहिर विभेद नरोकिने वताए ।

राष्ट्रिय सभा सदस्य सुनारले त्यो घटनापछि अपशव्द बोल्ने विरुद्ध मुद्धा हाल्ने तयारी गरेपनि रक्सी खाएको वेला अपशव्द प्रयोग भएको भनेर वरालले भनेको मेघराज शाही मार्पmत वताए । राष्ट्रिय सभा सदस्य सुनारले वरालले आफ्नै अगाडि आएर क्षमा नमागेपनि गाउँघर र पार्टी कमिटिको हिसावले एकपटक क्षमा दिएको वताए ।

उनले आफु अर्को दिन मान्म पुग्नु पर्ने र नगर सरकारले गाडि समेत मिलाएकाले हिड्नै लाग्दा पत्रकार धमालाले आफु र उनैबाजे वराल पनि मान्म जान लागेको भन्दै संगै लैजान अनुराध गरे । राष्ट्रिय सभा सदस्य सुनारले त्यसपछि आफुले पत्रकार धमालालाई कमारा चढेको गाडि चढन हुदैन छुई हुन्छ भन्दै जवाफ दिएको वताए ।

राष्ट्रिय सभा सदस्य सुनारले भने “आफु माथि अपशव्द वोल्ने बराल र पत्रकार धमाला पनि मान्न जाने रहेछन । उनीहरुले आफुलाई लैजान भने । मैले ठाडै अस्वीकार गरे । दलित चढेको गाडिमा चढन हुदैन, कमारा चढेको गाडी छुई हुन्छ । म लिन सक्दैन भने र उनीहरुलाई गाडीमा नलिएर हिडे ।”

उनले आफु सार्वजनिक पदमा हुदा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न वाहानामा आफू माथि विभेद हुने गरेको वताए । राष्ट्रिय सभा सदस्य सुनारले जनयुद्धका कारण दलित माथिको विभेद केही हद सम्म कमी भएपनि अहिले पुनरावृत्त हुन खोजेको वताए ।

उनले भने “जनयुद्धको उपलब्धीले आज केही हद सम्म छुवाछुतमा कमी आएको हो । समावेशीताको कुराले आफू जस्तो उत्पीडित वर्गको व्यक्ति राष्ट्रिय सभा सदस्य हुन पुगेको हो । अहिले पनि प्रत्यक्षतर्फ टिकट दिन पार्टीहरु आनाकानी गर्छन ।”

उनले नेपालका कुनै पनि पार्टीहरुले दलित समुदायलाई प्रयोग गर्ने गरेको र अवसर दिनुपर्ने वेला विभेद गर्ने गरेको दाबी गरे ।
राष्ट्रिय सभा सदस्य सुनारले आफू पञ्चायती व्यवस्थाको बेला समेत चरम जातीय विभेदलाई सहन नसकी विद्रोह गरेको वताए । उनले आफू पञ्चायती व्यवस्थाको वेला २०४३ सालमा गाउँ पञ्चायतको उपप्रधान हुदा समेत जातीय विभेद खेप्नु परेको वताए ।

उनले भने “०४३ साल कार्तिक १९ गतेको कुरा हो । फुकोट घोडादाउनीमा राजाको फोटोमा टिका लगाउने कार्यक्रम थियो । मन्दीरका पुजारी कविराज उपाध्याय लगायतका उच्च जातिका व्यक्तिहरुले राजाको फोटोमा पुरी खिर खाने कुरा चढाएर राखेका थिए । फोटोमा माल्यार्पण सुरु भयो । मर्यादाक्रमका हिसावले सुरुमा प्रधान र उपप्रधान अनि वडा अध्यक्षले टिका लगाउनु पर्ने हो । तर म उपप्रधान दलितको छोरा भएकै कारण प्रधान र सिधै वडाअध्यक्षहरु अनि उच्च जातिका सवैले टिका लगाएपछि मेरो पालो आयो । मैले टिका लगाउने पालोमा फोटोको वरिपरी चढाईएको खिर र पुरी उठाईयो र मलाई वोलाईयो । मैले त्योवेला कुनै आँखा देखिन । राजाको फोटोमा टिका होइन फोटोलाई लात्तिले हानेर हिर्काई दिए ।”

उनले त्यसपछि आफुमाथि त्यहाँ सहभागी दलित तथा गैरदलित समुदायहरुले विरोध गरेको वताए ।

उनले थप भने “आफू माथि सवै जनाले विरोध गरिरहदा दलित समुदायवाट पनि सहयोग भएन । यो कुरा दलित समुदायले वुझेनन् । सुरक्षामा खटिएका दैलेख काँशीकाधका एकजना काँशीकाधे प्रहरी हवल्दारले आफुलाई सहयोग गर्दै भने यो कुरा ठिक छ । उहाँलाई किन पछाडि वोलाएको त ? भनेर वोले । उनी वहुदवादी र कम्युनिष्ट विचार धाराका रहेछन । उनले जातीय विभेद गरेको प्रति विरोध जनाए । यत्तिमात्र गरेनन् फुकुमा रहेको भगवती मन्दीरमा मलाई प्रवेश गराउन लगाए । त्यहाँ दलित जान हुदैन भन्ने चलन थियो । मन्दीरका पुजारी शिवराज उपाध्यायले निधारमा टिका लगाई दिएनन् । हातमा टिका दिए । मैले हातमा दिएको टिका लगाउदैन भने । रंग्याएको चामल त घरमा पनि लगाउन सकिन्छ भनेर फिर्ता भए ।”

उनले आफू उपप्रधान भएपनि गाउँ पञ्चायतको वैठकमा नवोलाउने र कुनै निर्णय गर्दा एक्लै गरेर हस्ताक्षेर मात्र गराउन ल्याउने जस्ता कार्यहरु भएको वताए ।

उनले जिल्ला पञ्चायतको परिपदमा मान्म जाँदा खाना,नास्ता चिया खाँदा पनि टाढा वस्नुपर्ने,सवैले खाएपछि खानुपर्ने,उच्च जातिको घरमा भित्र जान नपाईने,होटलमा पैसा तिरेर खाए पनि खाएको भाडा अनिवार्य धुनुपर्ने,चर्को आवाजमा वोल्न नहुने,खाना र पानी छुन नहुने,विद्यालयमा समेत विभेद गर्ने जस्ता थुप्रै उत्पीडनहरु पञ्चायतमा सहनु परेको वताए ।

उनले पञ्चायतकालिन अवस्थाको विभेद अहिले गाउँघरमा नभएपनि विभेद अझैपनि अन्त्य नभएको वताए ।

राष्ट्रिय सभा सदस्य सुनारले जातीय विभेदको चरम अत्याचार पञ्चायतकालमा पञ्चायतको उपप्रधान हुदा आफुले भोगे पनि अहिले गणतन्त्र प्राप्तिको व्यवस्थामा समेत भोग्नु पर्दा दुखि भएको वताए । उनले अहिलेको व्यवस्थामा भएका कानुनी व्यवस्थाहरुलाई राज्यले कठाईका साथ कार्यन्वय गर्न सके जातीय विभेदमा कमी हुन सक्ने विश्वास व्यक्त गरे ।

तर राष्ट्रिय सभा सदस्य सुनारले विभेदरहित समाज,भेदभावरहित समाज र छुवाछुतमुक्त समाज वनाउन नेपालमा समाजवादी व्यवस्था चाहिने र दलितहरु सवैले एकपटक अर्को क्रान्ति गर्नु पर्ने विचार व्यक्त गरे ।

कालिकोटको रास्कोट नगरपालिका वडा नम्वर ८ पलाँतीवाडा घर भएका सुनार एमालको तर्फवाट २०७४ साल माघ १६ गते राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस