तीन बुँदे कार्यान्वयनको दबाव दिन नेकपाले ज्ञापनपत्र बुझायो

१ भाद्र,कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले तीन बुँदे सहमति कार्यन्वयन गर्न दबाव दिदै वुधवार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र वुझाएको छ ।

नेकपाका जिल्ला इन्चार्ज कर्ण वहादुर भण्डारी (विराट), जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदिप) लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र वुझाईएको हो ।

नेकपा सहित चार पार्टीकोे पूर्व घोषित संघर्षका कार्यक्रम अन्तरगत नेकपाले ज्ञापनपत्र वुझाउदै तीन बुँदे सहमति लागू गर्नु पर्ने,एमसीसी र एसपीपी नेपालवाट खारेज गर्नु पर्ने,महंगी र भ्रटाचार नियन्त्रण हुनुपर्ने माग राखेको छ ।

सो क्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका भण्डारीले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेर महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

यस्तै नेकपाले भेरी कर्णालीका जुम्ला,मुगु, हुम्ला,दैलेख,,डोल्पा,सुर्खेत,जाजरकोट, बाँके,बर्दिया लगायतका जिल्लाहरुमा पनि सरकारलाई ज्ञापनपत्र वुझाएको छ ।

प्रतिक्रिया दिनुहोस