राष्ट्रियसभामा गौतम मनोनित, चुनाव जनता झुक्याउने हतियार


१ असोज, काठमाडौं । आज सत्तारुढ नेकपाका नेता वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनय हुनु भएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्नु भएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नु भएको थियो ।
राष्ट्रियसभा सदस्य मा मनोनित भए लगत्तै नेता गौतमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति प्रति आभार व्यक्त गर्नु भयो । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उहाँले भन्नु भयो ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’
नेता गौतम संविधान सभा चुनावमा वर्दिया वाट हार्नु भएको थियो । जनताको अभिमत र म्याण्डेडलाई लात मारेर सत्तारुढ नेकपाले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गरेकोमा अधिकाँसको चिन्ता छ ।
यस्तो परिपार्टीले चुनाव जनता झुक्याउने हतियार मात्र भएको र जनतालाई भम्र छरेर लुट्ने वाहेक अरु केही नहुने राजनीतिक विश्लेषकहरुको ठहर छ ।

 

प्रतिक्रिया दिनुहोस