१ असोज, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार भेरी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
ती पुरुष अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना शंकामा ३१ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि भेरीअञ्जल रिफर भएका उनको बिहीबार दिउँसो १२ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।