बङलोरमा खाना पकाउने ग्यासँ पट्किदा कालिकोटका १ महिलाको मृत्यु, २ गम्भीर घाईते


कालिकोट । भारतको बङलोरमा खाना पकाउने ग्यासँ पट्कीएर आगलागी हुदा कालिकोट जिल्लाका एक जना महिलाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन ।

रोजगारीको लागि श्रीमानसंगै भारत गएकी नरहरिनाथ ६ कि अन्दाजी २८ बर्षिय अम्विका बिकको आगलागीमा परि मृत्यु भएको हो । उनको गम्भीर घाईते अवस्थामा उपचारका क्रममा आज दुई बजे निधन भएको बताईएको छ ।

माघेसंक्रान्तिको दिन कोठामा खाना पकाउदै गरेको अवस्थामा एक्कासी ग्यास सिलिण्डर लिग भएर आगलागी हुद रास्काेट ८ माइतीघर घर भएकी अम्विक विक र नरहरिनाथका उनका श्रीमान सँगै रास्कोट नगरपालिका ८ कि हजुरा लुवार गम्भीर घाईते भएका थिए ।

घाईतेहरुको बङलोर स्थिति भिक्टोरिया अस्पतालमा उपचार भईरहेको र अवस्था गम्भीर रहेको हजुराका श्रीमान नौल्या लुवारले जानकारी दिएका छन । उनले ज्वाला खवरलाई भने ‘माघ १ गतेको दिन रिचार्ज कार्ड हाली माग्न जुवाईको कोठमा मेरो श्रीमती गएकी थिई ।

जुवाई छोरीको कोठामा खाना पकाउने ग्यासले आगलागी भएछ र छोरी जुवाईसंगै मेरो श्रीमती पनि गम्भीर घाईते भईछ । उपचारका क्रममा आज छोरी अम्विकाको निधन भई सक्यो । जुवाई र श्रीमती हजुराको उपचार भईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस