उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

चैत ४, काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनु भएको हाे ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । उहाँले जम्मा १६ हजार ३२८ मत पाउनु भएको थियो ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले मत दिएका छन् । उहाँले पाएको मतभार कुल २ हजार ३३७ रहेको थियो ।

उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएको प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले भने मत दिनुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार संसद भवन, बानेश्वरमा भएको मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मत दिएका थिए । चार जना प्रदेशसभा सदस्यको मत बदर भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ र, उपराष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६२८ को ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस