४ जेठ, काठमाडौं । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कंचन’ लाई कोरोना संक्रमण पोजेटिभ भएको छ ।
उहाँको फेसबुक स्टाटस अनुसार परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएको छ ।
परिवारका सबै सदस्यलाई कोरोना संक्रमण देखिएको भएता पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाले सामाजिक सन्जाल मार्फत जानकारी दिनु भएको छ ।
साथै पछिल्लो केही दिनदेखि आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकालाई समेत विशेष सावधानी अपनाउन नेता वास्तोलाले आग्रह समेत गर्नु भएको छ ।