पार्टी प्रशिक्षणका लागि विप्लव सुर्खेतमा, भव्य स्वागत

४ असार,वीरेन्द्रनगर । सुर्खेतमा विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम हुदैछ ।

कर्णाली र भेरी अञ्चलका जिल्लाहरुका अगुवा कार्यकर्ताहरुको सहभागितामा राजनैतिक तथा वैचारिक प्रशिक्षकण हुन लागेको हो । प्रशिक्षणका लागि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सुक्रवार नै सुर्खेत आईपुग्नु भएको छ । उहाँलाई जिल्ला पार्टी र जनताले सुर्खेतमा भव्य स्वागत गरेका छन ।

प्रशिक्षण कार्यक्रममा वाँके,वर्दिया,सुर्खेत,जाजरकोट,दैलेख र डोल्पा जिल्लाका करिव २०० पार्टी जिल्ला कमिटिका सदस्यहरुको सहभागिता रहने नेकपा सुर्खेतका सेक्रेटरी धुव्रले जानकारी दिनु भयो ।

प्रशिक्षण ११ वजेपछि सुरु हुनेछ । प्रशिक्षणका लागि महासचिव विप्लव सहित सचिवालय सदस्य संतोस वुढा मगर,केन्द्रीय सदस्य आर्दश,एटम लगायतका केन्द्रीय नेताहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस