धर्मेन्द्र-सुदर्शनको तरिकाले क्रान्ती नहुने भन्दै सुदर्शन पाण्डेले त्यागे नेकपा (बहुमत)

साउन २, काठमाडौं। समाजसेवी तथा आग्रज पत्रकार सुदर्शन राज पाण्डेले आफू नेकपा बहुमतमा नरहेको जानकारी गराउनु भएकाे छ । सोमबार एक विज्ञपति जारी गर्दै पाण्डेले यस्तो घोषणा गर्नुभएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीबाट अलग भइ धर्मेन्द्र वास्तोला कञ्चन नेतृत्वमा गठन गरिएको नेकपा वहुमतले आफुलाई सोधपुछ नै नगरी पार्टीको सल्लाहकार समितीमा राखेको जानकारी प्राप्त भएकोले आफू उक्त पार्टीमा नरहेको र विगत लामो समय देखि जनपक्षीय पत्रकारिता आन्दोलनमा योगदान गर्दै हाल जनपत्रकार संगठनको केन्द्रिय समितिमा रहेको कुरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्ति पुर्ण पाठ

 

प्रतिक्रिया दिनुहोस