१ भदौ, काठमाडौं । राष्ट्रघाती परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले जग्गा अधिग्रहण प्रक्रिया अगाडि वढाएको छ ।
अमेरिकाको अनुदान भनिएको एमसीसीले मकवानपुरमा जग्गा अधिग्रहणको प्रक्रिया अगाडि वढाएको हो ।
यो परियोजना नेपालको लागि सर्वाधिक विवादी परियोजना हो । यसले नेपालमा टिकेर चीन घर्ने र नेपालमा सैन्य अखडा राखि नेपाललाई युक्रेन बनाउन खाजेको आरोप लाग्दै आएको छ । यो परियोजनाको अहिले पनि देशभर सर्वत्र विरोध भइरहेको छ ।
यो परियोजनाले नेपाल सार्वभौमिकता गुमाने र नेपाल अमेरिकाको सैन्य परेड स्थल हुने देशप्रेमि विज्ञहरुले वताउने गरेका छन ।
एमसीसी अन्तरगत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले परियोजनाको काम अगाडि बनाउने छ । ४ सय केभी विद्युत प्रसारण लाइन निर्माण र भालुवाङ देखि बाँकेको शिवखोला सम्म ७७ किलोमिटर सड्क निमार्णको लक्ष्य रहेको भनिएको छ ।
४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया एमसीएले सुरु गरिएको हो । एमसीएले त्यसका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुक्रावार सूचना सार्वजनिक गर्दै थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।
सूचना प्रकाशित भएको मिति (२०८० भदौ १ गते)देखि २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सो समेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबी सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन सक्नेछन् ।
साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
४०० केभी विद्युत प्रसारण आयोजना निर्माणकै लागि बुटवल सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने पाल्पामा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।
एमसीसी परियोजनाअन्तर्गत अमेरिका सरकारको अनुदान भनिएको रातमाटे–लप्सीफेदी–हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माण गर्न लागिएको हो । यसअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल–न्यु दमौली, न्यु दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौंडा र रातमाटे–लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिने भनिएको छ ।
यो प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ ।