डोल्पाको मुड्केचुलाका २ वडा कार्यालयमा आगलागी

असोज १, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकाका दुईवटा वडा कार्यालयमा आगलागी भएको छ ।

गाउँपालिकाको १ र ३ नम्बर वडा कार्यालयमा आगलागी भएको हो । गत शनिबार राति अकस्मात आगलागि हुँदा वडाकार्यालय जलेर करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट कार्यालयका फर्निचर, वल्र्डलिंकको सामान, कागजात, प्रिन्टलगायत अन्य सामाग्री सबै नष्ट भएको ३ वडाका  अध्यक्ष भानुभक्त बोहोराले जानकारी दिनु भयाे । अध्यक्ष बोहोराका अनुसार कागजत जलेर खरानी भएपछि सेवा प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस