विद्यालय स्थापनाको अनुभव, बर्तमान र आगामी कार्य

वाले विश्वकर्मा


शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै बिषयमा ज्ञानलिनु वादिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षाग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले गर्भ देखि चिहान सम्म शिक्षाहासिल गरिरहेको हुन्छ । पुर्णरुपले कसैले कहिले पनि शिक्षाग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । हाल सम्म पनि कतिपय समुदायका ब्यक्तिहरु अझै पनि शिक्षा नपाएर अन्धकारको भुमरीमा छन् । यहि कुरालाई मध्येनजर गरेर मेरो नेतृत्वमा नवज्योति बालक्लवका साथीहरुले बि.स २०५८ सालमा आफ्नै गाँउमा बिद्यालय खोलेर शिक्षाको उज्यालो ज्योति फैलाउनका लागि देउसी भैलो खेलेर बिद्यालयको स्थापना गर्ने निर्णय गरेका थियौ । जसको कारण गाँउका समग्र बालबालिकाहरुको शिक्षामा पहुँच भई सभ्य समाज बनाउने सपना देखेका थियौ ।

त्यतिवेला दलित समुदायका बालबालिकाहरु अरु वडामा बिद्यालय गएर शिक्षा हासिल गर्नु कम चुनौतिपुर्ण थिएन । जातिय भेदभाव तथा छुवाछुतका कारण बिचैमा बिद्यालय छोड्नु पर्ने, भारतमा जानु पर्ने र सानैमा बालविवाह गर्नुपर्ने बाध्यता थियो । साविक मान्म गाविस वडा नं ७ मा बिद्यालय थिएन छिमेकी वडा ६ मा सालडाडा प्राथमिक बिद्यालय बद्रीगाँउ र वडा नं ८ मा जनजिवन निम्नमाध्यामिक बिद्यालय थियो । त्यहाँ दलित समुदायका बालबालिकाहरु जाँदा भोग्नु परेका जातिय भेदभाव तथा छुवाछुत वाट मुक्त हुन, बिचैमा बिद्यालय छोडि भारत जाने परम्परा अन्त्य गरि शिक्षित र सभ्य समाज बनाउनका लागि वडामा बिद्यालय बनाउनु अनिवार्य नै थियो । त्यसलाई सार्थक बनाउनका लागि बि.स २०५८ सालमा नवज्योति बालक्लवका अध्यक्षको हैसियतले मेरो नेतृत्वमा देउसी भैलो आयोजना गरिएको थियो । ५ दिन सम्म दिनरात नभनीकन देउसी खेलेर जम्मा गरेको चौध सय रुपैया वाट खसी दिएर शिलन्यास गर्नका लागि गाँउमा रहेका खाली जग्गाको खोजी गरियो । हालको आरन घर भएको ठाँउमा बनाउन खोजीएको थियो । तर केही अभिभावकहरुको अवरोधका कारण अर्को जग्गाको बिकल्प खोजी हालको नवज्योति आधारभुत बिद्यालय भएको तल्लो भवनमा शिलान्यास गर्न गाँउ भरिका युवा तथा अभिभावकहरुको भेला भयो । तर बिडम्वना त्यहा पनि फेरी अवरोध भयो । त्यहाँवाट पनि केही निचोड ननिस्के पछि बालबालिका र युवाहरुको टोली हालको माथिल्लो भवन भएको ठाँउमा खालीजग्गा छ भनेर सोही ठाँउमा बिद्यालयको शिलन्यास गरिएको थियो । शिलन्यास कै दिनमा आफै कुनै बजेट बिना गाँउलेहरुले काम शुरु गरेका थिए । आर्थिक अभावका कारण त्यो वर्ष सोचे जति काम हुन नसकेपछि पुन ः बि.स २०५९ सालमा नवज्योति बालक्लवको अगुवाईमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियौ ।

त्यतिवेला४००० रकम उठेको थियो । उक्त रकमले सवै जना मिलेर बनभोज गर्ने र सवै गाँउलेहरुले प्रत्येक घरवाट कम्तीमा ७ दिन बिद्यालयमा श्रमदान गर्ने भनि सल्लाह गरियो र सिराडी भन्ने ठाँउमा बनभोज कार्यक्रमको आयोजना गरिएका थियौ । त्यसपछि फेरी कामलाई निरन्तरता दिने काम भयो । सोहीवर्ष २ कोठे भवनबनाउने काम शुरु भयो र तर बजेटको अभावको कारण समुदायको हितकालागि खोलीएको श्री लाली गुराँस बाख्रापालन समुहवाट १०००० र मष्टाधलपुरा कृषि समुहवाट ५००० गरि १५०००। सहयोग मागिएको थियो । उक्त रकम वाट बाँकी काम पदम बि.क मार्फत सम्पन्न गर्यौ भने कर्कटपाता साविक मान्म गाविस संग आग्रह गरेर २५०००। प्राप्त पश्चात बिद्यालय छाउने काम भयो ।
भवन पुरा भएपछि पठनपाठन शुरु गरौ भन्ने सल्लाह बमोजिम प्रत्येक घरवाट मासिक ५० रुपैया उठाएर शिक्षकलाई तलव खुवाउने गरि बि.स २०६१ सालमा साविक मान्म गाविस वडा नं ८ निवासी शिक्षाप्रेमी चक्र व शाही र वडा नं ७ निवासी सन्तोष बि.कलाई शिक्षकको रुपमा नियुक्ती गरेका थियौ । त्यसपछि बि.स २०६२ सालमा कक्षा १, २०६३ सालमा कक्षा २ र २०६४ सालमा कक्षा ३ को जिल्ला शिक्षा कार्यालयवाट अनुमति प्राप्त गरि पठनपाठन संचालन भएको हो ।
बि.स २०६४ साल देिख बिद्यालयलाई थप पठनपाठनमा सहयोग पुर्याउनका लागि युवाहरुको सल्लाह बमोजिम साविक मान्म गाविस वडा नं ७ निवासी श्री दान व बिश्वकर्मालाई बिद्यालयमा नियुिक्त गरिएको थियो । त्यसलगतै चक्र व शाहीले लिदै आएको प्रधानाध्यापकको जिम्मेवारी दान व बिश्वकर्मालाई हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक दान व बि.कको कार्यकालमा बिद्यालयको नाममा जग्गा पास गर्ने देिख कक्षाकोठाहरुको ब्यवस्थापन सहित पठनपाठनमा राम्रो सुधार भएको थियो ।
बि.स २०६९ सालमा आईपुग्दा जिल्ला शिक्षा कार्यालय संगमा समन्वय र सहकार्यता गरि स्थायी दरवन्दी ल्याउने काम भयो । जुन स्थायी दरवन्दीको रुपमा हालका प्रधानाध्यापक राम व वोगटी आउनु भएको छ । स्थायी दरवन्दीको पहल कदमी तत्कालीन बिद्यालय ब्यवस्थापन समितका अध्यक्ष सन्तोष बि.कको पालामा हाम्रो सहयोगमा भएको हो ।
बिभिन्न समस्या र अप्ठे्राका बावजुद यस दलित वस्तीमा वा साविकको मान्म७ मा पहिलो पटक बिद्यालय स्थापना गराई शिक्षाको नयाँ ज्योति फैलाउनका लागि दिनरात सक्रिय रुपमा लागेर बिद्यालय स्थापना गर्ने बाल क्लव तथा युवा क्लवका पदाधिकारीहरुलाई स्मरण गर्न चाहन्छु र उनीहरुले गरेको योगदान यो बिद्यालयको परिवारले कहिल्यै बिर्सन सक्दैन भन्ने अपेक्षा गर्दछु । उहाँहरुर्लाइ मेहनत र योगदानको उच्च सम्मान गर्दछु । बिद्यालय स्थापना गर्ने अभियानमा दिनरात खटिएर सहयोग गर्ने साथीहरु स्वर्गीय पुर्ण बिश्वकर्मा, स्वर्गीय दुर्गे बिश्वकर्मा, स्वर्गीय मोतिलाल बिश्वकर्माहरु प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्न चाहन्छौ ।

उहाँहरुको अल्पायुमै निधन भयो । हाल सम्म पनि बिद्यालयको समुन्नतिका लागि क्रियाशिल साथीहरु बल बिश्वकर्मा, कपुरे बिश्वकर्मा, दिपक बिश्वकर्मा,जैमल बिश्वकर्मा,हस्त बिश्वकर्मा, सिद्ध बिश्वकर्मा,खड्रक बिश्वकर्मा (जेटिए)कन्नशिला बिश्वकर्मा, हन बिश्वकर्मा, लक्ष्मण बि.क, पुल्ती बिश्वकर्मा,जसन्त बिश्वकर्मा, हिरा बिश्वकर्मा ,माने बिश्वकर्मा, भिम बिश्वकर्मा, लौवरी बिश्वकर्मा,काशिराम बिश्वकर्मा,नमराज बिश्वकर्मा,बुध बिश्वकर्मा, बिर्ख बिश्वकर्मा, खड्क बिश्वकर्मा (खाम्म), मोति बिश्वकर्मा, जित बिश्वकर्मा लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सवै शिक्षा प्रेमी, बुद्धिजिवीको सहयोग र समर्थन कहिल्यै बिर्सिने छैन । यस बिद्यालयको स्थापना काल देखिहाल सम्म बिद्यालयको उज्जल भविश्य निर्माणका लागि सहयोग गर्ने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु बल बहादुर बिश्वकर्मा, धनसिगे कामी, सन्तोष बिश्वकर्मा, कपुरे बिश्वकर्मा, बाले बिश्वकर्मा, दिपक बिश्वकर्मा र जयाव बिश्वकर्मा लार्ई पनि बिर्सन सकिदैन । साथै शिक्षकको रुपमा कार्यरत रहि पठनपाठनमा सहयोग पुर्याउने , चक्र व शाही, सन्तोष बिश्वकर्मा, दान व बिश्वकर्मा, खड्क बिश्वकर्मा, बसन्त बिश्वकर्मा, भिम व बिश्वकर्मा, निदरा सुनार,राम व वोगटी, हस्त बिश्वकर्मा,टुल्की बिश्वकर्मा, हरिलाल बिश्वकर्मा,कोपिलाआचार्य र कार्यालय सहयोगी सिरे बि.क प्रति हार्दिक आभार प्रकट गदै आगामी दिनको पुर्ण सहयोगको अपेक्षा गर्दछु ।
हाल यस नवज्योति आधारभुत बिद्यालयले १६ औ वर्ष पार गरिसकेको छ । हाल बालविकास कक्षादेखीकक्षा ५ सम्म पठपाठन गरिरहेको छ । ६ जना शिक्षकहरु बिद्यालयमा कार्यरत छन् जो बिद्यालय निरन्तर पठनपाठनमा क्रियाशिल छन् ।
यस बिद्यालयलाई आगामी दिनमा अझ थप नमुना बिद्यालयका रुपमा बिकास गर्नका लागि स्थानीय सरकार, गैरसरकारी निकाय, राजनीतिक दलहरु, शिक्षा प्रेमी, बुद्धिजिवी, अभिभावकहरुको सहयोग र समर्थन अझै आवश्यक छ । सवै निकाय र सरोकारवालाहरुको सहयोग रह्यो र तपशिलका क्षेत्रहरुमा सुधार गर्न सकिएको खण्डमा बिद्यालयको भविश्य उज्वल छ । बिद्यालयमा सुधार गर्नुपर्ने क्षेत्रहरु निम्नअनुसार छन् ।
(क) शिक्षक दरवन्दीको अभाव ःनवज्योति आधारभुत बिद्यालय बालविकास केन्द्र देिख कक्षा ५ सम्म अध्ययन अध्यापन गरिरहेको बिद्यालय हो । शिक्षक दरवन्दीको हिसावले यस बिद्यालयमा १ जना मात्र शिक्षक दरवन्दी छ । शिक्षा नियमावली अनुसार कक्षा ५ सम्म अध्ययन अध्यापन हुने बिद्यालयमा १ जना महिला सहित ५ जना शिक्षक दरवन्दी हुने ब्यवस्था छ । तर बिडम्वना यो बिद्यालयमा अहिले सम्म १ जना स्थायी र अरु ४ जना निजी श्रोतका शिक्षक मार्फत पठन पाठन भएको छ । निजी श्रोतका शिक्षकलाई तलव ब्यवस्थापन बिद्यालयको आन्तरिक श्रोतवाट भएको पाईन्छ । आन्तरिक श्रोत भनेको बालबालिकालाई खाजा र छात्रबृति नदिएर शिक्षकलाई दिएको पाईन्छ । जुन राम्रो कुरा होइन । यसका लागि खाँडाचक्र नगरपालिका, शिक्षाबिकास तथा समन्वय ईकाईले पुर्ण दरवन्दीका लागि सहयोग गरेर बालबालिकाहरुको पठनपाठनमा सहज बनाई गुणस्तरीय शिक्षा हासिल गर्ने बातावरण सृजना गर्नुपर्ने देखिन्छ । बिद्यालय ब्यवस्थापन समितिको टिमले समेत यो बिषयमा गम्भिर भएर सम्वन्धित निकायको ध्यानआकर्षण तिर केन्द्रित हुनपर्छ ।
(ख) भौतिक संरचनाको अभावः नवज्योति आधारभुत बिद्यालयको भौतिक सुविधाको अवस्थालाई हेर्दा ३ वटा भवनहरु रहेका छन् । तर बिद्यालयको बिद्यार्थी चाप अनुसार यो भौतिक पुर्वाधार अपुग छ । कक्षाकोठाहरुमा बालबालिकाहरुको वसाई ब्यवस्थापन असाध्यै दयनिय छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपाल मार्फत धेरै पहिला उपलब्ध गराईका कार्पेटहरु च्यातिएर धुजाधुजा भएको र कक्षाकोठा खाली नै देखिन्छ । पानी परेको वेला कक्षाकोठाको भित्तावाट पानी आउने र कक्षाकोठा पुरा हिलोमय हुने गरेकोले बालबालिकालाई वस्न लाइक छैन । बालविकास केन्द्रका बालबालिकाहरुलाई अलगै खेलमैदान छैन । कक्षा कोठामा पनि सिकाई सामाग्री प्रयाप्त मात्रा छैनन् । उहि पुराना सामाग्री पनि कक्षा कोठामा ब्यवस्थित राखिएको पाईदैन । बालिकाहरुका लागि छुट्टाछुट्टै शौचालय छैन । भएको शौचालयमा समेत पानी पस्ने हुँदा पुरै फोहोर देखिन्छ । हाल नयाँ भवन निर्माणका कारण उक्त शौचालय पुरिएर गएको र पुर्ण प्रयोग गर्ने खालको छैन । शिक्षकहरुका लागि समेत छुटै शौचालय छैन । बालबालिकालाई खानेपानी समेत बिद्यालयमा छैन । यसको ब्यवस्थापन गर्न जरुरी छ । बालबालिकाहरु पानी खानका लागि नजिकै समुदायका धाराहरुमा जानुपर्ने बाध्ययता छ । अहिलेको २१ औ शताब्दीको परिवेशमा बिश्व प्रबिधिमय भएको वेला यस बिद्यालयमा कम्प्युटर प्रणाली मार्फत लेखाजोजा तथा दस्तावेजीकरण छैन । बालबालिकाहरुले कम्प्युटर समेत देखेका छैनन्,। बालबालिकाहरुको नियमित दैनिक बिद्यालयमा लगाउने ड्रेस सहित सरसफाईको समेत अभावका कारण बालबालिकाहरु फोहोरी देखिन्छ । यि सवै समस्याको समाधानका लागि बिद्यालय ब्यवस्थापन समिति र बिद्यालय प्रशासन तथा अभिभावकहरुको उचित सचेतना र जागरुकता हुन आवश्यक छ । त्यतातिर केन्द्रित हुन आवश्यक छ । बालबालिकाहरुको बसाई ब्यवस्थापन पहिलो प्राथमिकता हो । बिद्यालय प्रशासनले जति सकिन्छ छिटो सवै कक्षाकोठामा कार्पेट पिफर्मको ब्यवस्थापन गर्नु पर्ने देखिन्छ । बिद्यालयको माथिल्लो भवन पहिरोका कारण ठुलो जोखीममा रहेको हुदाँ छिटो भन्दा छिटो ग्याभिन तार लगाएर सुधार गर्नुपर्ने देखिन्छ । शिक्षक र बिद्यार्थीहरु बिद्यालयमा नियमिति हुदैनन् । जसका लागि शिक्षकहरु पनि नियमित बिद्यालय आएर पठनपाठनमा क्रियाशिल हुनुपर्ने देखिन्छ । बायोम्याट्रीक हाजिरी जडान गरेर शिक्षकहरुको नियमितता पनि गर्न सकिन्छ । बालबालिकाहरुको नियमिताका लागि मासिक हाजिरी बिश्लेषण गरेर कति दिन बिद्यालय आयो आएन अभिभावकलाई पत्राचार गर्नेपर्ने र नियमितअभिभावक संग छलफल गर्न सकिन्छ । त्यसैगरि बिद्यालयको वरिपरी पुर्ण रुपमा घेरवार गरि बिद्यालय शान्ति क्षेत्र बनाउन तिर केन्दीत हुन आवश्यक छ ।
(ग) बिद्यालय ब्यवस्थापकिय पक्ष कमजोर ः यस नवज्योति आधारभूत बिद्यालयको ब्यवस्थापकिय पक्ष असाध्यै कमजोर देखिन्छ । बिद्यालय ब्यवस्थापन समितिको बैठक नियमित बसे पनि पठनपाठन केन्द्रीत र बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि तिर केन्द्रीत हुदैन । शिक्षक अभिभावक संघको बैठक नियमित त बसेको रेकर्ड नै भेटिदैन । बिद्यालयमा बाल क्लव क्रियशिल छैन । शिक्षक र कर्मचारीहरुको मासिक वैठक वसेर समिक्षा गर्ने चलन छैन, । वडाकार्यालय, नगरपालिका र अन्य कुनै संघ संस्थामा नियमितअनुगमन गर्ने गरिएको रेकर्ड छैन । समुदायकाअगाडी बार्षिक सार्वजनिक सुनुवाई , बार्षिक उत्सव, अभिभावक भेला जस्ता महत्वपुर्ण कामहरु गरेको पाईदैन । बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ मार्फत नियमित बिद्यालयमाअनुगमन गरि लिखित रुपमा सुझाव र सल्लाहहरु दिने परिपाटीको बिकास भएको छ्रैन । शिक्षकहरुले शिक्षा नियमावली अनुसार बार्षिक शैक्षणिक योजना तयार गरि पाठयोजना अनुसार पठनपाठन गरेको पाईदैन । बालबालिकाहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने, नियमित खाजा खुवाउने, प्रत्येक वर्ष सरकार वाट आउने छात्रवृति जस्ता सुबिधाहरु पनि बालबालिकाहरुले पाउने गरेको छैन । शिक्षक र बिद्यार्थीका लागि बनेका आचारसंहिता पालन गरिएको भेटिदैन । बिद्यार्थीहरु नियमित छैनन् । बिद्यालयमा पढाईको बातावरणउचित खालको देखिदैन । शिक्षकहरुले बिद्यालयमा पुरा समय पढाउने गरिहेका छैन । यि थुप्रै समस्यालाई समाधान गर्नका लागि अहिलेको ब्यवस्थापन समिति र बिद्यालय प्रशासन क्रियाशिलताका साथ योजनावद्ध रुपमा लाग्नुपर्ने देखिन्छ
(घ) शैक्षिक सामग्रीको अभाव
बालबालिकाको सिकाई उपलब्धि बढाउने र शैक्षिक गुणस्तर कायम गर्नका लागि गुणस्तरीय सिकाई बातावरणको लागि शैक्षिक सामग्रीको आवश्यकता महत्वपुर्ण हुन्छ । यस बिद्यालयमा समग्र पक्षलाई हेर्दा बिषयगत शिक्षक निर्देशिका प्रयोग गरि पठनपाठन गरेको पाईदैन भने बिद्यालयमा कक्षा १ देखी ५ सम्म पुस्तकालयको समेत उचित प्रबन्ध गरिएको छैन । बालबालिकाहरुका लागि बुक कर्नर, उचित खेलकुद सामग्रीहरु, बिज्ञान, स्वास्थ्य,तथा शारिरीक बिषयसंग सम्वन्धि शैक्षिक सामग्रीहरुको ब्यवस्थापन छैन । जसले गर्दा बालबालिकाहरुले शुक्रवारीय कार्यक्रम मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापमा समेत सक्रिय भएको पाईदैन । शिक्षकहरु मार्फत स्थानीय श्रोतहरुको प्रयोग गरि शैक्षिक सामग्रीहरुको तयार गरेको कक्षाकोठाहरु शैक्षिक सामग्रीले भरिपुर्ण भएको पाईदैन । यस्ता खालका आवश्यकताहरु परिपुर्ति नभएको कारण बालबालिकाहरु सिकाई उपलब्धि असाध्यै कमजोर छ । यि पक्षहरुलाई पनि जति सकिन्छ छिटो सुधार गरेर लैजान सकिएको खण्डमा नमुना बालबालिकाहरुको सिक्ने बातावरण तयार हुने देखिन्छ ।
(ङ)आर्थिक पारदर्शिता अभावः बिद्यालयको आर्थिक लेखाजोखा गर्न गठन भएको लेखा समितिको प्रतिवेदन अनुसार यस बिद्यालयमा २०६९र०७० देखी २०७६र०७७ सम्म बिद्यालयको खातामा शिक्षकको तलव तथा अन्य सहित १ करोड १७लाख २९ हजार ३ सय ३१ रुपैया बिभिन्न शिर्षकमा आएको पाईएको छ । ,त्यसमध्ये १ करोड १२ लाख ६३ हजार ३ सय ८३ रुपैया खर्च भएको बिद्यालयको रेकर्डमा देखिन्छ । तर लेखासमितिले १ महिना लगाएर गरेको अध्ययन अनुसार ३२ लाख ८८ हजार २ सय ८२ रुपैयाको पनि बिल भर्पाई र आवश्यक कागजात सुरक्षित राखिएको देखिदैन, आर्थिक पारदर्शिकता र आर्थिक अनुशासनका क्षेत्रमा सुधार गर्न अति आवश्यक छ । बिद्यालय प्रशासन मार्फत आर्थिक पारदर्शिता र चुस्तदुरुस्त लेखा प्रणालीको स्थापना गर्न जरुरी देखिन्छ । माथि उल्लेखित कुरा सुधार गर्ने पक्षलाई सुधार गर्न सकिएको खण्डमा बिद्यालय नमुनाको रुपमा अगाडी बढ्ने पक्का र बालबालिकाहरुको सिकाई उपलब्धिका सकारात्मक सुधार भएर समग्र समाज रुपान्तरण हुने निश्चित देखिन्छ । हामीले बिद्यालय स्थापना गर्दाका देखेका सपनाहरु सार्थक हुने अपेक्षा सहित बिद्यालयको उज्वल भविश्यको कामना ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस