कालिकोटमा एक्सनवर्स मार्फत ३८६ जना महिलाले इम्प्लान्ट सेवा लिए

पि आर सिम्खडा

२ असोज, कालिकोट । कालीकोट जिल्लाका ३८६ जना महिलाहरुले एक्सनवर्स नेपालवाट परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट सेवा लिएको पाईएको छ ।

परियार नियोजन र सुरक्षित गर्भ पतनको क्षेत्रमा काम गदै आएको एक्सनवर्स नेपालले जिल्लाका सात वटा स्थानीय तहका ३८६ जना महिलालाई प्रत्यक्ष इम्प्लान्ट सेवा दिएको पाईएको हो ।

इम्प्लान्ट महिलाहरुको पाखुरामा राख्ने परिवार नियोजनको अस्थायी साधन हो । इम्पलान्टले पाँच वर्ष सम्म गर्भाअन्तर गराउछ ।
कार्याक्रम लागु भएका क्षेत्रका ३८६ जना महिलाले एक्सनवर्सकै सहयोगमा परिवार नियोजनको अस्थायी इम्प्लान्ट सेवा लिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

शुक्रवार एक्सनवर्स नेपालको कार्यक्रम समापन समिक्षा गोष्टिमा यस्तो कुराको जानकारी गरिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका पब्लिक हेल्थ नर्ष सेतु शाहीले तिन वर्षको अवधिमा जिल्लाका ३८६ जनाले अस्थायी इम्प्लान्ट सेवा लिएको वताउनुभयो ।

उहाँले इम्प्लान्ट सेवा मात्र ३८६ जना महिलाले लिएको,सचेतना मुलक सेवा त धेरैले लिएको र सुरक्षित गर्भपतन, परिवार नियोजनका अस्थायी साधन प्रयोग, किसोर किशोरी क्लव मार्फत जनचेतना जोगाउने काम धेरै भएको जानकारी दिनु भयो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नवीर सुनारले जिल्लामा एक्सनवर्स नेपालको काम प्रति आफु निकै खुसि भएको वताउनुभयो ।

उहाँले यो चरणको कार्यक्रम सकिएपनि फेरी आफुहरु एक्सनवर्स नेपाल संग स्वास्थ्य क्षेत्रमा काम गर्न तयार रहेको र आगामी दिनमा सहकार्य गर्न अनुरोध गर्नुभयो ।

एक्सनवर्सले जिल्लाका धेरै स्वास्थ्यकर्मी अर्थात अनमीहरुलाई परिवार नियोजन सम्वन्धी दक्ष वनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले आफुहरु एक्सनवर्सको ऋणी भएको वताउनुभयो ।

समिक्षा गोष्टिमा वोल्दै पर्यटन पत्रकार संघ कालीकोटका अध्यक्ष प्रेमराज सिम्खडाले एक्सनवर्स नेपालले रेडियो कार्यक्रम र प्रत्यक्ष नागरिक स्तरसम्म स्वास्थ्य सेवा मार्फत पुगेर दिएको सेवाले किसोर किशोरीलाई राम्रो सन्देश दिएको वताउनुभयो ।

एक्सनवर्स नेपालको सेवाले कालीकोटको स्वास्थ्य क्षेत्रमा निकै राम्रो सुधार भएको जिल्लाका सरोकारवालहरुको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस