मंसिर २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु काम भन्दा लुट्न व्यस्त रहेको टिप्पणी गर्नु भएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भन्नु भयाे, ‘पैसाले उनीहरुले दुईटा मात्र होइन, तेस्रो नेत्र पछि उघ्रिएको छ । आफूसँग मिल्ने कर्मचारी लिएर गयो, कागजपत्र मिलायो, अनि धमाधम पैसा खायो ।’
स्थानीय तहलाई अधिकार दिनुपर्ने तर अनुगमन पनि गर्नुपर्ने नेता नेपालले बतानु भयाे । कडाईका साथ अनुगमन गरेर राम्रो कामलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने भन्दै उहाँले भन्नु भयाे, ‘सात पुस्ताको सम्पत्ति जफत गर्ने तहमा गइयो भने बल्ल तह लाग्छ । नभए नेपालीहरु सजिलै तह लाग्नेवाला छैन ।’
कर्मचारीलाई पनि अधिकार मात्र चाहिएको उहाँले बताउनु भयाे । नियुक्ति, सरुवा बढुवामा घुस’ नेकपा वरिष्ठ नेता नेपालले अघि भन्नु भयाे, कर्मचारी संलग्न छन् कि ? नेता संलग्न छन् कि ? मन्त्री संलग्न छन् ? यिनैले सब बिगारेका छन् ।’