नेकपाको सचिवालय बैठक थप अन्यौलमा


मंसिर ३ काठमाडौँ । सत्तारुढ नेकपा सचिवालय वैठक आज दिउसो १ वजेका लागि वोलाईए पनि वैठक वस्ने नवस्ने थप अन्यौल देखिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विचको विवाद अझ वढ्दै गएकाले वैठक वस्ने नवस्ने वारे थप अन्यौल देखिएको हो ।
दुई अध्यक्ष विचको विवाद मिलाउन मंगलवार बालुवाटार–खुमलटार– शितल निवास गरिरहेका छलफल पनि निरथक भएपछि सचिवाल वैठक अनिश्चित वनेको छ ।
नेकपा महासचिव विष्णु पौडेलले मंगलबार आफ्ना निकटस्थहरूलाई सुनाए अनुसार परिस्थिति जटिल छ ।’
महासचिव सहित बसेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूको बैठकले बुधबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गर्न ओलीलाई सुझाव दिएको थियो  । ओलीको चाहना पनि तत्कालका लागि बैठक रोकौं नै भन्ने हो ।
महासचिव पौडेलले मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर गत सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने र बुधबारका लागि तय भएको सचिवालय बैठक रोकेर दुई अध्यक्षले छलफल चलाउनुपर्ने ओलीको प्रस्ताव सुनाउनु भएको थियो  ।
दाहालले बैठक तोकिएकै समयमा बस्ने र सबै निर्णय बैठकबाटै हुने जवाफ दिएपछि महासचिव पौडेलसहित ओलीनिकट नेताहरू फिर्ता भएका थिए ।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्षद्वयबीच देखिएको संवादहीनताका कारण तत्काल सचिवालय बैठक बोलाउने स्थिति नभएकाले केही दिनका लागि स्थगित गर्न सुझाव दिएको संचार माध्यमलाई जानकारी दिनु भयो  ।
दुवै पक्षका आ आफ्नै अडानका कारण सचिवाल वैठक अन्यौलमा परेको नेताहरुको भनाई छ ।
यदि ओली पक्षको सहभागीता विना सचिवालय वैठक वसेमा पार्टी नै फुटे सरह हुने नेताहरुको वुझाईछ ।

 

प्रतिक्रिया दिनुहोस