सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक वोलाईयो


मंसिर ३, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । मन्त्रिपरिषद् बैठक प्रायः सातामा सोमबार र बिहीबार बस्ने गरेको थियो ।
बुधबार नै यही समयमा नेकपाको सचिवालय बैठक पनि बस्ने भनिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिनु भयो । उहाँका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्ने चाहिँ अझै तय भने भएको छैन । ओलीले सचिवालयको वैठककै समयमा मन्त्रिपरिषद वैठक वोलाउनु भनेको सचिवालय वैठक वहिष्कार गर्नु हो । यसले नेकपा भित्रको विवाद अझै उत्कर्षमो पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस