नेकपाका तीन कार्यकर्ता द्धारा माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने भ्रामक प्रचार प्रति आपत्ति

२ मंसिर,कालिकोेट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटिका तीन जना कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश नगरेको भन्दै प्रवेश गरेको भनेर गरिएको भ्रामक प्रचार प्रति गम्भीर आपत्ति जनाएका छन ।

नगरकमिटि सदस्य तथा वडा नम्वर ८ का वडा सेक्रेटरी संजय वराल,नगर कमिटि सदस्य हरिसिंह विक र मन लुवार (विक)ले आज छुट्टा छुट्टै प्रेश विज्ञप्ति जारी गर्दै आफूहरु माओवादी केन्द्रमा प्रवेश नगरेको स्पष्ट पार्दै भ्रामक रुपमा गरिएको प्रचार प्रति गम्भीर आपत्ति जनाएका हुन । उनीहरुले आफुहरुको बदनाम गर्ने नियत रुवरुप यस्तो प्रचार गरिएको वताएका छन ।

नेकपाका तीन कार्यकर्ताले विगत लामो समय देखि माओवादीको क्रान्तिकारी विचार र लाईन लिएको विप्लवले नेतृत्व गरेको नेपाल कम्यनिष्ट पार्टीमै रहेको घोषणा गरेका छन ।
माओवादी केन्द्रको चुनावी प्रचारमा घरमा आएका कार्यकर्तालाई स्वभाविक रुपमा अविर लगाएको विषयलाई लिएर फोटा खिचि न्युनतम नैतिकता विपरित पार्टी प्रवेश गरेको भनेर प्रचार गरीएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

नेकपाका कार्यकर्ता बराल, विक र लुवार(विक(ले कसैको चरित्रहत्या गर्ने गरी गरिएको फेसवुकको भ्रामक प्रचारमा कुनै सत्यता नभएको भन्दै कोही पनि भ्रमित नहुन जारी विज्ञप्ति मार्फत जानकारी गराएका छन ।

जारी विज्ञप्तिमा आफूहरु नेपाल कम्युनिष्ट पार्टीमै रहेको घोषणा गर्दै आगामी दिनमा भ्रामक प्रचारकार्य नगर्न पनि माओवादी केन्द्रका कार्यकर्तालाई चेतावनी दिएको छ ।

विज्ञप्तिहरुका पूर्ण पाठहरु

प्रतिक्रिया दिनुहोस