पूर्वमा पाँच दिने आधारभूत जनपत्रकारिता तालिम सुरु

५ चैत्र, विराटनगर । जनपत्रकार संगठन नेपालको आयोजनामा पाँच दिने आधारभूत जनपत्रकारिता तालिम मोरङको सुन्दरहरैचामा शनिवारवाट सुरु भएको छ । तालिम पाँच दिनसम्म चल्ने छ ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारीता’ भन्ने मुल नाराका साथ तालिम सुरु भएको हो । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले तालिमको व्यानर पढेर उद्घाटन गर्नु भयो ।

तालिममा प्रदेश नं. १ र प्रदेश नं. २ का जनपत्रकार संगठन नेपालमा आवद्व पत्रकारहरूको सहभागिता रहेको जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा प्रदेश १ संयोजक आलोकले वताउनु भयो ।

तालिमको उद्घाटन गर्दै संयोजक विश्वकर्माले समय सापेक्ष र सर्वहारा बर्गको हकहित र अधिकारको रक्षार्थ सशक्त रूपमा पत्रकारितामा लाग्न सुझाव दिनु भयो ।

कार्यक्रममा नेकपा मोरङ जिल्ला सेक्रेटरी नरेस र पाचथरका सेक्रेटरी सन्तोषले तालिमको सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस