गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएकोमा नेकपाद्वारा खुशी व्यक्त

५ जेठ, धनगढी । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले धनगढी र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ प्रतिनिधि सभाले पारित गरेपछि खुशी व्यक्त गरेको छ ।
नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भरत सीले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै यसले सुदूरपश्चिमको चिकित्सा शिक्षा क्षेत्रमा अभूतपूर्व योगदान गर्ने विश्वास लिदै खुसी व्यक्त गर्नु भएको हो ।
नेकपाले आफ्नो पार्टीको सुदूरपश्चिम प्रदेशको बैशाख ९ गते बसेको पहिलो बैठकले नै विश्वविद्यालयको माग पुरा गर्न सरकारवालाहरुको ध्यानाकर्षण गराएको स्मरण गर्दै विधेयक पारित गर्न पहल गर्नेहरू सबैलाई धन्यवाद दिइएको छ ।
नेकपाले जारी गरेको विज्ञप्तिमा लामो समयदेखिको अन्यौलता र तीस वर्षदेखिको सुदूरपश्चिमका जनताको सपना पुरा भएको जनाएको छ ।
नेकपाले अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र उपकरण एवम पूर्वाधार र यथाशक्य छिटो चिकित्सा शिक्षाको अध्यापन गर्न सरकारले आवश्यक व्यवस्थापन गर्नेछ भन्ने विश्वास व्यक्त गरेको छ ।
नेकपाले कानुन अनुसार कार्यान्वयनको लागि आफूहरु निरन्तर खबरदारी गरिरहने समेत प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस