५ जेठ, नेपालगंज । कोरोना संक्रमणबाट बितेको १३ घण्टाभित्र बाँकेमा १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जनाको मृत्यु भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ८, बर्दियाका ३ जना र दाङ, रुकुम पश्चिम र कैलालीका २÷२ जना रहेका छन् ।
लम्की चुहा–५ कैलालीकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको हो । भेरी अस्पतालमा गत वैशाख २९ गते भर्ना हुनु भएकी उहालाई ३१ गते पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको थियो ।
तुलसीपुर–२ दाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उहाको बुधबार बिहान ५ बजेर ३० मिनेटमा मृत्यु भएको हो । दाङमा गत वैशाख ३१ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि मंगलबार भेरी अस्पतालमा आएर भर्ना हुनु भएको थियो ।
ठाकुरबाबा–१ बर्दियाकी ३८ वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ बजेर १५ मिनेटमा उहाको मृत्यु भएको हो । भेरी अस्पतालमा गत वैशाख २६ गते पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि जेठ ३ गते अस्पतालमा आएर भर्ना हुनु भएको थियो ।
ठाकुरबाबा–९ बर्दियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ बजे उहाको मृत्यु भएको हो । भेरी अस्पतालमा गत वैशाख १९ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि वैशाख ३१ गते भेरी अस्पतालमा आएर भर्ना हुनु भएको थियो ।
कोहलपुर–४ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बुधबार बिहान ४ बजेर १५ मिनेटमा मृत्यु भएको हो । गत वैशाख २२ गते मेडिकल कलेजमा पिसिआर परिक्षण गर्दा उहालाई कोरोना पुष्टि भएपछि वैशाख २७ गते अस्पतालमा भर्ना हुनु भएको थियो ।
नेपालगन्ज–४ बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उहाको बुधबार बिहान ४ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा यही जेठ १ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उहा सोही दिन अस्पतालमा भर्ना हुनु भएको थियो ।
त्रिवेणी–१ रुकुमु पश्चिमकी २७ वर्षीया महिलाको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा मंगलबार पिसिआर परिक्षण गर्दा उहालाई कोरोना पुष्टि भएपछि सोहीदिन भर्ना हुनु भएको थियो ।
नेपालगन्ज–३ बाँकेका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको हो । बागेश्वरी ल्याबमा गत वैशाख २५ गते पिसिआर परीक्षण गर्दा उहालाई कोरोना पुष्टि भएपछि वैशाख २८ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनु भएको थियो ।
कोहलपुर–११ बाँकेकी ५८ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उहाको बुधबार बिहान ३ बजे मृत्यु भएको हो । मेडिकल कलेजमा मंगलबार पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि सोहीदिन शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनु भएको थियो ।
टिकापुर–१६ कैलालीका २८ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको हो । टिकापुरमा यही जेठ १ गते पिसिआर परीक्षण गर्दा उहालाई कोरोना पुष्टि भएपछि उहा जेठ ३ गते भेरी अस्पतालमा आएर भर्ना हुनु भएको थियो ।
राप्तीसोनारी–२ बाँकेकी ५९ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार राती ११ बजेर ३० मिनेटमा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा यही जेठ १ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना हुनु भएको थियो ।
नेपालगन्ज–६ बाँकेका ४५ बर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा यही जेठ २ गते पिसिआर परिक्षणबाट कोरोना पुष्टी भएपछि सोही दिन अस्पतालमा भर्ना हुनु भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मंगलबार राती ९ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
बढैयाताल–२ बर्दियाका ८४ बर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार राती ८ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । भेरी अस्पतालमा गत बैशाख २५ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना हुनु भएको थियो ।
कोहलपुर–१२ बाँकेका ४१ बर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा गत बैशाख २६ गते पिसिआर परिक्षण गर्दा उहालाई कोरोना पुष्टी भएपछि भोलीपल्ट अस्पतालमा भर्ना हुनु भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुरमा मंगलबार राती ८ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।
सोनोभेरी–११ रुकुम पश्चिमका ३६ बर्षीय पुरुषको मृत्यु भएको छ । यही जेठ २ गते रुकुममा पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएपछि जेठ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाको मंगलबार राती ८ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
नेपालगन्ज–१८ बाँकेकी ७३ बर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उहाको उपचारका क्रममा मंगलबार बेलुकी ५ बजेर १५ मिनेटमा मृत्यु भएको हो । भेरी अस्पतालमा गत बैशाख २१ गते भर्ना हुनु भएकी उहालाई बैशाख २३ गते कोरोना पोजेटिभ भएको थियो ।
गढवा–७ दाङकी ३० बर्षीया महिलाको मृत्यु भएको छ । दाङमा गत बैशाख १५ गते पिसिआर परिक्षण गर्दा उहालाई कोरोना पुष्टी भएपछि बैशाख २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आएर भर्ना गरिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार बेलुकी ५ बजे मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका २ सय ५३ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका २ सय ९ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनु भयो ।
‘सिकिस्त’ कोरोना संक्रमितले अस्पताल भरिभराउ
कोरोना संक्रमित हुनेको संख्या बाँकेमा तीन दिनयता विस्तारै ओरालो लाग्दै गएको छ । सामान्य अवस्थाका संक्रमित होम आइसोलेसनमा र केही आइसोलेसन सेन्टरमा छन् । तर, ‘सिकिस्त’ अवस्थाका संक्रमित बिरामी भने अस्पतालमा भर्ना भइरहेका छन् । कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा अहिले सिकिस्त बिरामीको चाप छ ।
बाँकेसहित पश्चिम क्षेत्रको विभिन्न जिल्लाका सिकिस्त अवस्थाका कोरोना संक्रमित यहाँका अस्पतालमा आएर भर्ना भएका हुन् । भेरी अस्पताल र मेडिकल कलेजमा विशेषगरी विभिन्न जिल्लाबाट रेफर भएर बिरामी आइरहेका छन् । जिल्ला अस्पतालको उपचार र होम आइसोलेसनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अधिकांश बिरामी नेपालगन्जका अस्पतालमा भर्ना भएका हुन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांक अनुसार भेरी अस्पतालमा अहिले २ सय २४ जना संक्रमित भर्ना छन् । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय २८ र शिक्षण अस्पताल नेपालगन्जमा १२ जना संक्रमितले उपचार गराइरहेका छन् ।
दैनिक रुपमा संक्रमित हुनेको संख्या केही घटेपनि अस्पतालमा सिकिस्त बिरामीको चाप कायमै रहेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे वताउनु भएको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबले सार्वजनिक गरेको पिसिआर रिपोर्ट अनुसार विगत तीन दिनदेखि संक्रमितको संख्या केही घटेको देखिएको छ ।