कालिकोट कारागरका कैदी बन्दीलाई विप्लवले गरे भेट्घाट

 

५ असार,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले कालिकोट जिल्ला कारागरमा रहेका कैदी वन्दीलाई आईतवार भेटनु भएको छ ।

महासचिव विप्लवले राजनीतिक रुपमा वन्दी वनाएका आफ्नो पार्टीका कार्यकर्ता दुर्ग वहादुर वोहरा (दोभान) लाई समेत भेटनु भएको छ ।
महासचिवले उहाँलाई कारागरको वन्दी गृहवाट वाहिर वोलाएर भेट्नु भएको हो । भेटमा लामो समय सम्म तीन वुदे सहमति हुदा पनि राज्यले मुद्धा फिर्ता नलिनु अन्यायपूर्ण भएको महासचिवले वताउनु भएको छ ।

राज्यले मुद्धा फिर्ता लिने प्रक्रिया अगाडि वढाईरहेकाले चाँडै रिहा हुने पनि आश्वासन दिनु भयो । भेटका अवसरमा महासचिव विप्लवले दोभानको धर्मपत्नी रामपुरा वोहोराको शनिवार मात्रै दुखत निधन भएकोमा दुख व्यक्त पनि गर्नु भयो ।

कारागरमा भेट्न महासचिव विप्लव संगै नेकपाका सचिवालय सदस्य संतोष वुढामगर,केन्द्रीय सदस्य भरत वम (रणवीर), केन्दीय सदस्य आदर्श लगायतका जिल्लाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस