अग्रगमनका लागि समाजवादी मोर्चा हो ः विप्लव सी

४ असार,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीपले नेपालमा अग्रगमन र पश्चगमन बीचको लडाई भइरहेको वताउनु भएको छ ।

सोमवार काठमाडौमा आयोजित समाजवादी मोर्चा नेपालको घोषणा सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले अग्रगमनका शक्तिहरु एकतावद्ध भएर पश्चगमनका विरुद्ध समाजवादी मोर्चा वनाउनु परेको वताउनु भयो ।

उहाँले आज देशमा देखिएको गोलचक्करबाट आगडि बढ्नको लागि समाजवादी मोर्चा नेपालको गठन अनिवार्य भएको जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो “यो देशको नेतृत्व अग्रगामीले गर्ने हो । समाजवादीले गर्ने हो । देशका प्रगतिशील बामपन्थी राष्ट्रवादीले गर्ने हो । कोही पनि निरास हुनुहुदैन । सरकार वाहिर र भित्रका शक्ति बीचको मोर्चा नयाँ मोड र नयाँ प्रयोग हो । सहिदहरुको सपना पुरा भएको छैन । असमान सन्धी खारेज भएका छैनन् । समाजवादको यात्रामा सवै उठनु होस । दलाल पुँजीवादी व्यवस्थावाट होइन समाजवादी व्यवस्थावाट समस्याको समाधान हुन्छ ।”

मोर्चाले नेपाली जनताको समाजवादप्रतिको चाहना पूरा गर्ने दावी गर्दै उहाँँले नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहेको र त्यो उद्देश्य पूरा गर्न मोर्चा वनेको वताउनु भयो ।

महासचिव विप्लव सीले नेपालमा दलालपूँजीवादको शोषण र साम्राज्यवादको हस्तक्षेप स्वीकारे नभएको चेतावनी दिदै कुनै पनि हालमा यो देश साम्राज्यवादी र प्रतिगामी शक्तिहरुको हुन नसक्ने दावी गर्नु भयो ।

देश माथि अतिक्रमण र जनता माथि अत्याचार थोपरिएको भन्दै उहाँले नेपालको इतिहाँसमा नयाँ युगको सुरु भएको र अन्याय अत्याचार विरुद्ध लड्ने शक्तिलाई कुनै पनि तागतले हराउन नसक्ने उद्घोष गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस