पार्टीमा पदबादी बढी भए ः प्रचण्ड

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदबादीहरुको संख्या वढेको वताउनु भएको छ ।

उहाँले पार्टीमा संघर्षमा जाने भन्दा पनि पदका निम्ति प्रतिस्पर्धा वढि हुने गरेको गुनासो गर्नु भयो ।

शुक्रबार काठमाडौंमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरे पनि अहिले पदको लागि हुने गरेको वताउनु भयो ।

उहाँ भन्नु भयो ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस