८ औँ पार्टी पुनर्गठन दिवस तीन दिन सम्म मनाउन नेकपा केन्द्रीय कार्यालयको निर्देशन

३ मंसिर,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई यस्तो निर्देशन जारी गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ६ देखि ८ गतेसम्म केन्द्रदेखि स्थानीय स्तर र घरघरसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । कार्यालयले बिहीबार साँझ दिएको जानकारी अनुसार मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली गरिनेछ भने ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप ः कविता, लोकगीत, वक्तृत्वकलालगायत कार्यक्रमहरू आयोजना गरिनेछ ।

त्यसैगरी मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिनेछ । त्यस दिन अबिर जात्रा, चियापान, र युवामार्च गरिनेछ ।
मङ्सिर ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइनेछ ।

पार्टी पुनर्गठन दिवसको तीनदिने कार्यक्रम

१) मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली

२) मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप (कविता, लोकगीत, वक्तृत्वकला इत्यादि) कार्यक्रमहरू गर्ने

३) मङ्सिर ८ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवामार्च गर्ने ।

– ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस