नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा, राज्यपक्षबाटै मानवअधिकार उलंघन

पुस २, कालिकाेट । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्धारा वर्षेनी प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को वार्षिक पुर्व समीक्षा कार्यक्रम बुधबार मान्ममा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले जिल्लामा सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका ४० ओटा घटना विवरण सहभागी माझ प्रस्तुत गर्नुभएको थियो ।

जसमा घरेलु हिंसासम्बन्धी १० ओटा, बलात्कार तथा यौनजन्य घटनासम्बन्धी १५ वटा जातीय विभेद ३, कुटपिट यातना राज्यपक्ष २, बाक्सीको आरोप कुटपिट २, औषधी अभाव २, खानेपानी अभाव ३ वटा घटना प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा जिल्ला अदालत कालिकोटका श्रेष्तेदार दामोदर घिमिरे, जिल्ला प्रशासन कार्यलयकाका रत्नवहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालयका मदन ओलि, जिल्ला प्रहरी कार्यालयका पञ्चकन्या गिरी, पत्रकार भरतराज विष्ट, सोसेक नेपालकी संगिता ओलीले जिल्लामा जनचेतनाको अभावका कारण मानवअधिकार उलंघन तथा ज्यादती र महिला हिंसाका घटनाहरू बर्सेनी बढ्दो क्रममा रहेकोको वताउनु भयो ।

साथै कार्यक्रका सहभागी राजनीति दल, मानवअधिकाकर्मी तथा पत्रकारहरुले मानवअधिकार उलंघनका घटनाको न्यूनिकरणमा इन्सेद्धारा प्रकाशित वर्ष पुस्तकले महत्वपूर्ण भूमिका खेलेको वताउनभयो । कार्यक्रमकाे सहजिकरण इन्सेक जिल्ला सहज कर्ता रमेश सुनार गर्नु भयकाे थियाे ।

प्रतिक्रिया दिनुहोस