पुस ३, कालिकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकास निर्माणको कार्यमा सोचे अनुसार काम गर्न नसकेको स्वीकार गर्नु भएकाे छ ।
बुधबार प्रेस संगठन नेपाल, कालिकोटका संयोजक भरतराज बिष्टको अध्यक्षता आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो स्वीकार गर्नु भएकाे हाे ।
कार्यक्रममा पत्रकारहरूले मुख्यमन्त्री शाहीलाई विकास निमार्ण कार्यमा प्रदेश सरकार असफल भएकै हो ? भनेर प्रश्न सोधेका थिए। उक्त प्रश्नको जावाफ दिँदै मुख्यमन्त्री शाहीले विकास निमार्णका काममा सरकार असफल भएकै हाे तर विकास निमार्णकाे कार्यमा आफु लागि परेको पनि बताउनु भयो ।
उहाँले भन्नु भयाे, ‘संघीयता कार्यान्वयनको सिलसिलामा केही ढिलासुस्ति पनि भए। केही बाधा व्यवधानहरु पनि र्सिजना भए। विस्तारै कार्यनयन हुदै जाने बताउनु भयाे ।
कार्यक्रममा पत्रकारहरूले कर्णाली प्रदेशले बजेट खर्च गर्न नसकेको, कर्णाली प्रदेशका योजनामा चरम भ्रस्टचार भएको, कृर्षी अनुदानमा भष्ट्रचार भएको, राष्ट्रिय प्रसारण लाईन कहिले आउछ ? कर्णाली राजमार्गको स्तरोन्नती कहिले हुने? कालिकोटका जनताले चिकित्सक सहितको उपचार सेवा कहिले पाउने ? जस्ता थुप्रै प्रश्नहरु गरेका थिए।
सबै प्रश्नहरुको जवाफ दिदै मुख्य मन्त्री शाहीले सवै समस्या विस्तारै समाधान हुने आश्वासन दिनु भयाे । कार्यक्रमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, प्रदेश सदस्य कुर्मराज शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका अध्यक्ष धनजित शाही लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस