४ पुस,काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ८ दलिय मोर्चाले एमसीसी संसदवाट पास गराउन भइरहेको षड्यन्त्रलाई परास्त पार्न नयाँ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
नेकपा सहितको मोर्चाको आईतवार काठमाडौंमा वसेको वैठकले आगामी पौष ६ गते काठमाडौ लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन र विरोध सभा गर्ने गरि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
मोर्चाले आइतबार एक विज्ञप्ति समेत जारी गरि राष्ट्रघाती एमसीसी सम्झौता राष्ट्रघाती तथा दलालहरुले आगामी ६ गते पारित गर्ने षड्यन्त्र गरिरहेको जनाएको छ ।
राष्ट्रघाती ‘सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलीत छ , ८ जना नेताको हस्ताक्षरित विज्ञतिमा भनिएको छ ।
विज्ञप्तिमा पछिल्लो शेरबहादुर देउवा सरकारले संसदको आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाए पनि मोर्चा संयुक्त आन्दोलनमा भएकाले पारित गर्न नदिने उल्लेख गरिएको छ ।
गत मंसिर २८ गते नै संसदबाट पारित गराउने देउवा सरकारको योजना जनताको संघर्षको तागतले असफल भएपछि पौस ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अबस्थामा पनि पारित गराई लागु गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएको विज्ञप्तिमा उल्लेख छ ।
‘उक्त संघर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रबादीहरू, देशभक्तहरू र आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेकपा महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टी (कान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण), नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सी.पी मैनालीकेसीले हस्ताक्षर गर्नु भएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल,वैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती), देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले हस्ताक्षर गर्नु भएको छ ।
विज्ञप्तीको पूर्णपाठ