राजनीतिक अधिकारको लडाइ नसकिएको नेकपा नेता तथा दलित अधिकारक्रर्मि दिनेश चदाराले बताउनु भएको छ ।
दलितत सेवा संघ शाखा कार्यालय कालिकोटको ९ औं जिल्ला स्तरिय साधारण सभा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
अहिले विभिन्न चरणको परिवर्तन हुँदै हामी संघीय लोकतान्त्रिक गणतान्त्रत्मक राज्य व्यवस्थामा आइपुगेका छौँ । त्यसैले अब राजनीतिक परिवर्तनका निम्ति दलितका मुद्दा चाहिएन, जमिनका मुद्दा आवश्यक परेन । ओझेलमा परेका मुद्दाहरु पनि चहिएजस्तो देखिएन । जे व्यवस्था आउनु थियो, त्यो त आयो । तर, यसलाई टिकाउन सही ढंगले अभ्यासमा लिए मात्र सफलता प्राप्त हुन सक्छ भन्ने अहिले मान्छेलाई परेको छैन । राजनीतिकर्मीहरुलाई पनि परेको छैन ।
तर, व्यवस्था परिवर्तन भए पनि सही अभ्यासमा लिएर जान यी विषयहरु नभइ हुनेवाला छैन । अब हामीले खोतल्नुपर्ने विषयहरु यी हुन् । संविधान बनाइहालियो, यति भए पुगिहाल्यो नि भनेजस्तो व्यवहार भएका छन् अहिले । विधिको व्यवस्था त भयो । तर, हामी कहाँबाट उठ्यौँ ? कुन विधिले हामीलाई यहाँसम्म ल्यायो भन्नेतर्फ चाहिँ हामी फर्किन सकेका छैनौँ ।
स्थानीय तहमा साढे ३६ हजार जनसंख्यामध्ये दलितको संख्या निम्न छ, माथिदेखि तलसम्म । समस्या तल छ र अधिकार पनि तलै छ । तर, हामी त्यहाँ छैनौँ । नेपालको दलित आन्दोलन, यसका अभियन्ता, अगुवाहरु सिमित ब्यक्तिको जिवन शैलि परिवतन भएको छ । यो दुःखको कुरा हो ।
त्यसैले, हामीले जहाँबाट उठ्यौँ त्यसप्रति न्याय गर्न सकेका छौँ कि छैनौँ ? जुन विधि छ, त्यसलाई ठीक ढंगले अभ्यासमा लिएर जान सकेको छौँ कि छैनौँ ?
अहिले वर्गको मात्र गरे पुग्छ भन्ने मान्यता स्थापित हुन थालेजस्तो देखिन्छ । तर, हामीले भनेको संघीयता त गरिव, दलित, पिँधका जनता, हेपिएका, अपमानित भएका, अछुत भएका जनताका लागि भनेका हौँ । अधिकार त्यहाँ पुग्नुपर्ने हो । हामीले यस्तो लोकतन्त्रको कुरा गरेका त होइनौँ । समानुपातिक तहसम्म पु¥याउने समावेशी लोकतन्त्रको कुरा गरेको हौँ । त्यसका लागि लडेका हौँ, शहीद भएका हौँ र अंगभंग भएका हौँ । हामीले त सहभागितामूलक लोकतन्त्र र सामाजिक न्यायसहितको गणतन्त्रको कुरा गरेको हौँ ।
त्यसैले, अहिले हामीले मुद्दामा पर्याप्त छलफल बहस गर्दै सही अभ्यासमा लिएर जान जरुरी छ । दलितका मुद्दामा इमानका साथ बोल्दै लड्दै आउने दलित र गैरदलितको सिंगो पंक्तिलाई उद्देलित गरेर अगाडि बढाउनुपर्ने छ ।
धेरैतिर चर्चा सुनिन्छ, राजनीतिक अधिकारको लडाइ सकियो, अब त आर्थिक विकास मात्र बाँकी छ । त्यो हुन सक्दैन । हो, राजनीतिक व्यवस्था परिवर्तनको काम सकियो होला । तर, यसलाई सही अभ्यासमा लिएर जाने आन्दोलन राजनीतिक आन्दोलन नै हो । त्यो हाम्रो आन्दोलन हो ।
त्यसैले आन्दोलन सकिएको छैन । सामाजिक परिवर्तनको मुद्दा पनि त हामीसँगैको हो भने कसरी आन्दोलन सकिएको मान्छौँ हामी ? यो व्यवस्थाले त आर्थिक परिवर्तन मात्र होइन, सामाजिक परिवर्तन, सांस्कृतिक रुपान्तरण कल्पना गरेको हो । त्यसलाई नै यो राजनीतिक परवर्तनले सेवा गर्ने हो र मात्रै हामीले भनेजस्तो व्यवस्था हुने भएकाले अझै राजनीतिक अधिकारको लडाइ बाँकी रहेको उहाँको भनाई थियो ।
यस्तै दलित अधिकारक्रमि बाले बिश्वक्रर्माले हामी जुन ठाउँबाट प्रतिनिधित्व गर्छौं, त्यही ठाउँबाट आफ्नो अधिकारको लागि लड्नु पर्ने बताउनु भयो ।
उहाँले विधिलाई सही अभ्यासमा लिएर जानका लागि हाम्रो लडाइँ हुनुपर्नेमा पनि जोड दिनु भयो । विधिको व्यवस्था भयो प्रतिनिधित्व भइयो भनेर आराम गर्ने ठाउँमा नरहेको उहाँको भनाई थियो ।
उहाँ बनेको विधिको मर्मअनुसारको ऐन कानुन बनाउनुप¥यो, ऐन कानुनअनुसारको नियमावली, कार्यविधि बनाउनुप¥यो । कार्यविधि वा नियमावली अनुसार संरचना बनाउनुप¥यो । बनेको संरचनामा सही नेतृत्व हुनुप¥यो, राम्रो हाम्रो नेतृत्व हुनुप¥यो । यसका लागि हामी निरन्तर लागिपर्नु पर्ने बताउनु भयो । भलै, लडाइका प्रकृतिहरु फरक–फरक हुन सक्छन् ।
सधैं एउटै प्रकृतिको संघर्षले पनि ठीक ठाउँमा पुगिँदैन । दलितका मुद्दाप्रति कसैको फरक मत देखिँदैन । विधिको कुराले मात्र पनि पुग्दैन, सडकको कुरा पनि छ । अहिले संघीयतामा छौँ । तीन तहभित्र लडाइँ लड्नुपर्ने परिस्थिति छ । अहिले दलितका मुद्दा कमजोर हुँदै गएका छन् । मुद्दा हेपिएको अनुभूत हुने ठाउँमा छौँ हामी । व्यक्तिले के ग¥यो या गरेन भन्दा पनि समग्रतामा हामीले विगतबाट शिक्षा लिनुपर्छ । अनि अहिले सुशुप्त भएको यो मुद्दालाई फेरि उजागर गर्न जरुरी रहेको दलित अधिकारक्रर्मि बिश्वक्रर्माको भनाई थियो ।
कार्यक्रममा दलित सेवा संघका कर्णाली प्रदेश सचिव तथा भूमि बिज्ञ रमेश नेपालीले अव आउने निर्बाचनहरुमा दलितहरु भोट बैङको रुपमा प्रयोग मात्रै नभएर आफ्नो अधिकारको लागि लड्नुपर्ने बताउनु भयो ।
उहाँले आन्दोलन विना दलित अधिकार नपाईने भन्दै संविधानको भाग ३ को धारा ४० देखि अन्य अधिकारका कुराहरु ठुलो संघर्ष गरी प्राप्त भएको बताउनु भयो ।
जातिय छुवाछुत अन्त्य गरौं, समतामुलक समाजको निर्माण गरौं भन्ने मुल नाराका साथ संचालन भएको साधारण सभाले आगामि बैशाख ४ गते जिल्ला अधिवेशन गर्नु निणर्य गरेको छ ।
कार्यक्रममा दलित सेवा संघ शाखा कार्यालय कालिकोटका अध्यक्ष दान बहादुर बिश्वक्रर्माको अध्यक्षता, दलित सेवा संघ कणाली प्रदेशका सचिव तथा भूमि बिज्ञ रमेश नेपालीको प्रमुख आथित्यता, नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला कमिटि सदस्य तथा तिलागुफा नगर कमिटिका अध्यक्ष दिनेश चदरा र दलित सेवा संघ शाखा कालिकोटका संस्थापक अध्यक्ष तथा दलित अधिकारक्रर्मि बाले बिश्वकर्माको बिषेश आथित्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस