सि जातिको नाममा जन्मदर्ता गर्न माग गर्दै नेकपा कालिकोटद्वारा धर्ना

७ जेष्ठ, कालिकोट  । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सी जातिको नाममा जन्मदर्ता गराउन माग गर्दै धर्ना दिएको छ ।

साेमबार जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ काे कार्यालयमा सी जातिको नाममा जन्मदर्ता गराउन माग गर्दै एक घन्टा धर्ना दिएको हाे ।

धर्ना कार्यक्रममा “सी जातिको नाममा जन्मदर्ता लागू गर, नेपाल कम्युनिस्ट जिन्दावाद, नेपाली विषेशताकाे समाजवाद स्थापना गराैं, एकीकृत जनक्रान्ति जिन्दावाद, जन्मदर्ता बापतकाे विलम्ब शुल्क खारेज गर” जस्तो नाराहरू लेखेको प्ले कार्ड सहित पार्टीको झन्डा बाेकेर सहभागी भएका थिए ।

नेकपा कालिकोटले सी जातिको नाममा जन्मदर्ता गराउन माग गर्दै केही समयअघि जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको र कार्यनयनका लागि सबै पालिकामा दबाब स्वरूप धर्ना दिने कार्यक्रम रहेको जिल्ला इन्चार्ज विवेक सीले बताउनुभयो ।

उहाँले सी जातिको नाममा जन्मदर्ता गराउन चाहने र गराउने व्यक्तिलाई विना राेकताेक जन्मदर्ता दिनुपर्ने र जन्मदर्ता बापत लिइने शुल्क खारेज गरिनुपर्ने आफूहरूकाे माग रहेको बताउनुभयो ।

धर्ना कार्यक्रम वडा अध्यक्ष पाैराम विकले यी मागहरू प्रति आफ्नो ध्यानाकर्षण भएको र आफ्नोतर्फबाट गर्न मिल्ने कुरामा आफू तयार रहेको बताउनुभयो ।

धर्ना कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य अविचल सी, जिल्ला सेक्रेटरी बलवान् सी, जिल्ला सल्लाहकार समिति सदस्य निर्मल सी, गणेश सी, कन्चन सी लगायत नरहरिनाथ गाउँ कमिटीको सहभागिता रहेको थियोे ।

प्ले कार्ड

प्रतिक्रिया दिनुहोस