जातीय भेदभाव बिरुद्ध बृहत साझा अन्तरक्रिया हुने

असार ५, कालिकोट । कालिकोट जिल्लाको सदरमुकाम मान्ममा जातीय भेदभाव उन्मुलन र दलित अधिकारका बिषयमा बृहत साझा अन्तरक्रिया कार्यक्रम शुक्रबार हुने भएको छ ।

ज्वाला मिडिया प्रा.लि.को आयोजना र खाँडाचक्र नगरपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम हुने भएको हो । अन्तरक्रिया कार्यक्रममा खाँडाचक्र नगरपालिकाका ११ वटा वडा, बिभिन्न संघ संस्था, दलित अगुवा, जनप्रतिनिधि, कानुन ब्यावसायी, राजनीतिक दल लगायत बिभिन्न क्षेत्रबाट सय बढीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

जिल्लामा बिभिन्न समयमा दलित समुदाय माथी हत्या,हिंसा, कुटपीट, जातीय भेदभाव जस्ता सामाजिक अपराधका घटनाहरु हुने गरेका छन । त्यस्ता घटनाका दोषी लाई कानुनी दाहेरामा ल्याउन र सामाजिक रुपान्तरणका लागि जनचेतनाको विकास गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको ज्वाला खबर डटकमका सम्पादक बसन्त बिश्वक्रर्माले बताउनु भएको छ ।

कार्यक्रम सदरमुकाम मान्ममा रहेको होटेल ह्वाइ गेष्ट हाउसमा बिहान ११ बजे बाट शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस