कृषि प्राविधिकको परिक्षामा सुपरिवेक्षकबाटै पास गराईने प्रलोभनमा असुली

३ असोज, कालिकोट । जिल्लामा कृषि प्राविधिक पढने विद्यार्थीहरुको परिक्षामा विद्यार्थीलाई पास गराईने प्रलोभनमा सुपरिवेक्षकबाटै पैसा असुली गरिएको खुलासा भएको छ ।

रास्कोट नगरपालिकाको वडा नम्वर ८ स्थिति जनजाग्रती माध्यमिक विद्यालयको परिक्षा केन्द्रमा सिटिईभिटी कार्यालयबाटै सुपेरिवेक्षणका लागि खटिएका सुपेरिवेक्षक लोकेन्द्र वहादुर मल्लले विद्यार्थीबाटै पैसा असुल गरेको खुलासा भएको हो ।

परिक्षामा बडिमालिका माध्यमिक विद्यालय रास्कोटबाट १७ जना, ज्ञानोदय माध्यमिक विद्यालय राम्नाकोटबाट ४जना र जनप्रभात माध्यमिक विद्यालय लालुबाट १९ जना गरी ४० जना विद्याथी सहभागी भएका थिए ।

उनीहरु सिटिभिईटी अन्तरगत कोही कृषि बालीविज्ञान र कोही भेटेरेनरी जेटियो पढने विद्यार्थीहरु हुन । सुपरिवेक्षक मल्लले प्रत्येक परिक्षार्थीहरुबाट एक हजारका दरले रुपैया उठाएर दिए परिक्षामा चिट चोराएर भएपनि पास गराई दिने प्रलोभन अनुसार पैसा उठाएको जनजाग्रीति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष संजय बरालले जानकारी दिए ।

सुपेरिवेक्षक मल्ले ४० जना विद्यार्थी मध्यबाट वडिमालिका माध्यमिक विद्यालयका १५ जना,जनप्रभात माध्यमिक विद्यालयका १५ जना र ज्ञानोदय मध्यमिक विद्यालयका ४ जना विद्यार्थी गरी जम्मा ३४ जना विद्यार्थीबाट एक एक हजारका दरले ३४ हजार रुपैया असुल गरेको कार्यवाहक अध्यक्ष बरालले खुलासा गरे ।

उनका अनुसार एक एक हजार रुपैया नदिएका ६ जना विद्यार्थीहरुलाई सुपेरिवेक्षक मल्लले चर्को दबाव दिई फेल गराईने धम्की दिन थालेपछि घटनाको रहस्य विद्यार्थीबाटै सार्वजनिक भएको हो ।

घटनापछि विद्यालयका कार्यवाहक अध्यक्ष बराल सहितको टिमले इलाका प्रहरी कार्यालय रास्कोटमा छलफलका लागि पुगेपछि सुपेरिवेक्षक मल्लले १६ हजार रुपैया विद्यार्थीको फिर्ता गरेका छन ।

सुपेरिवेक्षक मल्लले वाँकी पैसा असोज १० गते सम्म फिर्ता गर्ने लिखित प्रतिवद्धता जनाएको कार्यवाहक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले जानकरी गराएका छन ।

यस घटनाकोबारे इलाका प्रहरी कार्यालय रास्कोटका सई दिर्घवहादुर शाहीलाई बुझदा विद्यालयका शिक्षकहरु नै आफै बसेर छलफल गरेको र आफै समझदारी गरेको जानकारी गराएका छन । उनले इलाका प्रहरी कार्यालयमा कुनै लिखित कागज नभएको समेत स्पष्ट पारेका छन । घटनाका विषयमा सुपेरिवेक्षक मल्ललाई जनपत्रिकाले बुझदा घटना त्यस्तो नभएको भन्दै आलटाल गरेका छन ।

परिक्षाकेन्द्राका केन्द्राध्यक्ष नगराज उपाध्यायलाई घटनाबारे बुझ्दा घटनाका विषयमा सुरुमा आफुलाई केही थाहा नभएको र पछि विवाद हुदा थाहा पाएको वताएका छन । कृषि प्राविधिक तर्फको परिक्षा गत भाद्र २२ गते देखि असोज १ गते सम्म संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस