३ असोज,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले नेपाली जनताको आकांक्षा र वास्तविक अधिकारलाई सम्वोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन नसक्ने ठोकुवा गरेको छ ।
आजैको दिन नेपालकोे वर्तमान संविधान जारी भएको दिनको अवसरका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दुई वर्ष अघि एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो ठोकुवा गरेका हुन । तर यतिवेला भने विप्लवले कुनै विज्ञप्ति जारी गरेका छैनन् ।
महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा बहुसंख्यक जनताको अधिकार र हित शुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनताको सहभागितामा जनमतसंग्रहद्धारा नयाँ जनसंविधान निमार्ण गर्नु अहिलको आवश्यकता भएको उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा वर्तमान संविधानसंग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायहरुद्धारा सञ्चालित संघर्षहरु प्रति आफ्नो पार्टीको समर्थन रहेको उल्लेख गरिएको छ ।
नेकपाले जारी विज्ञप्ति मार्फत जनसंविधान निमार्ण प्रक्रियामा अगाडि वढन संम्पूर्ण राजनैतिक शक्ति,वौद्धिक नागरिक समुदाय र आम जनसमुदायहरुमा हार्दिक अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस