नेकपा कालिकोट द्धारा चुनाब खारेज अभियानमा साथ दिने सबैलाई धन्यवाद

४ मंसिर,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले चुनाब खारेज अभियानमा साथ दिने कार्यकतार्क,नेता र जनतालाई धन्यवाद दिएको छ ।

जिल्ला इन्चाज विराट सी र सेक्रेटरी शाहसी सीले आज एक प्रेश विज्ञप्ति जारी गर्दै पार्टीको योजना र निर्देशन अनुसार चुनावमा भोटहाल्न नजाने सवै लाई धन्यवाद दिनु भएको हो ।

साझँ पाँच वजे सम्म जिल्लामा ५६.५६ प्रतिशत मात्र मत खसेको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जनाइरहदा नेकपाले भने पचास प्रतिशत मात्र मत खसेको दावी गरेको छ ।

नेकपाले सत्तारुढ पार्टीहरुले घरमा नभएका र वहिष्कारमा वसेका मतदाताहरुको समेत मतदान गरेर वढी प्रतिशत मत पुर्याईएको वताएको छ । जिल्लाका सवै नगरपालिका र गाउँपालिकामा स्थानीयहरु उत्साहित भएर कोही पनि मतदानमा सहभागिता नजनाएको नेकपाले जनाएको छ । नरहरिनाथ गाउँपालिकाको वडा नम्वर ४मा ४०८ कुल मतदाता रहेकोमा १८७ मत मात्र खसेको छ ।

नेकपाले आफ्नो जारी गरेको विज्ञप्तिमा भनेको छ “कालिकोटबासी क्रान्तिकारी मुक्तिकामी मतदाता आमा बावा दाजुभाई तथा दिदिवहिनीहरुले विद्यमान दलाल संसदीय प्रतिकृयावादी व्यवस्था द्वारा ५÷५ वर्षमा गरिने चुनाव अन्तरगत आज यसपालिको मंसिर ४ गते कथित संघ र प्रदेश निर्वाचनमा हाम्रो पार्टीले संसदीय चुनाव दलाल संसदीय पुँजीवादी व्यवस्थाले गर्ने चुनाव भ्रष्टदलाल कमिशनखोर दलाल पुँजीपति व्यक्ति चुन्ने चुनाव खारेज गरौ, वैज्ञानिक समाजवाद चुन्ने चुनाव वा आन्दोलन ,एकीकृत जनक्रान्तिलाई सफलतामा पुर्याउनका लागि,संघ र प्रदेश निर्वाचन खारेज गरौ, भन्ने नेपाल कम्युनिष्ट पार्टीको अपिललाई समर्थन गर्दै जिल्लाका ९ वटै स्थानीय तहमा यहाँहरुले कथित मंसिर ४ गतेको निर्वाचनमा अनिच्छा, वितृष्णा ,आक्रोस, घृणा र आवेग देखाउनु भएकोमा पार्टी जिल्ला अभार व्यक्त गर्दछ । यहाहरुको क्रान्तिकारी मनोभावना वैज्ञानिक समाजवादी व्यवस्था प्रति वढेको ईच्छा प्रति उच्च सम्मान सहित धन्यवाद दिन्छौ ।”

नेकपाले चुनावका समयमा दलाल सत्ताले दिनभर जसो युद्धकालको झल्को दिने गरी सेना,पुलिस सशस्त्रको हवाई गस्ती गरेर जनतालाई आतंकित पार्ने जस्ता काम गरेको जनाएको छ ।

नेकपाले हतियारको वलमा गरिएको निर्वाचनले एमसीसी र एसपीपीका मतियारहरु मात्र निर्वाचित हुने र त्यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्न नसक्ने विज्ञप्तिमा जनाएको छ ।

           

 

 

विज्ञप्ति
कालिकोटबासी क्रान्तिकारी मुक्तिकामी मतदातत आमा बावा दाजुभाई तथा दिदि वहिनीेहरुले विद्यमान दलला संसदीय प्रतिकृयावादी व्यवस्था द्वारा ५÷५ वर्षमा गरिने चुनाव अन्तरगत आज यसपालिको मंसिर ४ गते कथित संघ र प्रदेश निर्वाचनमा हाम्रो पार्टी ले संसदीय चुनाव दलाल संसदीय पुँजीवादी व्यवस्थाले गर्ने चुनाव भ्रष्टदलाल कमिशनखोर दलाल पुँजीपति व्यक्ति चुन्ने चुनाव खारेज गरौ, वैज्ञानिक समाजवाद चुन्ने चुनाव वा आन्दोलन ,एकीकृत जनक्रान्तिलाई सफलतामा पुर्याउनका लागि,संघ र प्रदेश निर्वाचन खारेज गरौ, भन्ने नेपाल कम्युनिष्ट पार्टीको अपिललाई समर्थन गर्दै जिल्लाका ९ वटै स्थानीय तहमा यहाँहरुले कथित मंसिर ४ गतेको निर्वाचनमा अनिच्छा ,वितृष्णा ,आक्रोस, घृणा र आवेग देखाउनु भएकोमा हाम्रो पार्टी जिल्ला अभार व्यक्त गर्दछ । यहाँहरुको क्रान्तिकारी मनोभावना वैज्ञानिक समाजवादी व्यावस्था प्रति वढेको ईच्छा प्रति उच्च सम्मान सहित धन्यवाद दिन्छौ ।
हाम्रो पार्टी जिल्लाको संसदीय निर्वाचन खारेजीको राजनीति संघर्षको कार्यक्रमा पुर्णरुपले सफल भएको छ । वैज्ञानिक समाजवादी व्यावस्थाको विकल्पको रुपमा स्थापित भएर नयाँ शक्तिको रुपमा खडा भएको छ । जिल्लाभर सवै गाउँ वस्तीवाट प्रतिनिधित्व मुलक सन्तुलित खारेजको लहर चलेको छ । संसदीय निर्वाचन विरोधका विच सेना,पुलिस ससस्त्र , हवाई गस्ती ,लगायर त्रासपुर्ण वातावरणमा गरेको चुनावको संघिय लेकतान्त्रिक गणतन्त्र नामको संसदीय पुँजीवादी व्यवस्थाको न्यूनतम मुल्यमान्यता पनि पालना नगरी , हतियारको वलमा गरिएको निर्वाचन एमसीसी ÷ एपीपीका मतियार चुनाव मा देखाउनु लोकतन्त्रको धज्जी उडाएका छन । राष्ट्रघाती जनविरोधी तत्व एमसीसी÷एसपीपीका मतियार यो चुनाव वाट राज्यको प्रतिनिधित्व गर्दैछन ।
संघ र प्रदेश चुनावले देशको वेरोजगारी ,अशिक्षा ,भोकमरी महंगी ,भ्रष्टाचार ,कमिशन ,अन्याय अत्यचार शोषण पक्षपात भेदभाव ,जनताको थाप्लोमा उपहार दिने र संसदीय राजनीति पार्टीले दिएका चुनावी झुट्टा नारा कोरा कल्पना वाहेक अरु केही नहुने जानकारी गराउदछौ ।
हाम्रो पार्टी कालिकोट जिल्लाको खारेजी राजनीति संघर्ष कार्यक्रमको मत परिणाम ५० प्रतिशत ,मन,वचन कर्मले साथ दिएर खारेजी संघर्षमा समेल भएर संसदीय राजनीति व्यवस्थामालाई नै चुनौती दिएर वैज्ञानिक समाजवादी व्यवस्था महान यात्रामा लागेकोमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति कालिकोट अन्तरहृदय देखि आदरणीाय नेता,कार्यकर्ता ,तह र तप्काका सम्र्पुण जनसमुदायहरुलाई आभार सहित धन्यावाद व्यक्त गर्दछ ।

विराट सी इन्चार्ज
शाहसी सी सेक्रेटरी
नेपाल कम्युनिष्ट पार्टी कालिकोट

 

 

 

प्रतिक्रिया दिनुहोस