सुदुरपश्चिममा विभिन्न पार्टीबाट २ दर्जन बढी व्यक्ति नेकपामा समाहित

८ माघ, कैलाली । सुदुरपश्चिम प्रदेशबाट २ दर्जन बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन। मङ्गलबार धनगढीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनिहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन ।

कार्यक्रममा डाेटीबाट नेकपा एमालेका पूर्ब केन्द्रिय सदस्य एव उपमेयर प्रेम बहादुर शाह, एमाले प्रदेश समिति सदस्य प्रेमसिंह नेपाली, माओवादी केन्द्र जिल्ला सदस्य मान बहादुर बिक, प्रकाश थापा मगर, कमल रोकामगर, तारा सिंह रम्तेल र कमल घर्ती समाहित भएका छन् ।

यस्तै कन्चनपुरबाट माओवादी केन्द्रिय सल्लाहकार कलबहादुर सार्की, रेडियो शुक्लाफाटाका सञ्चालक देबीदत्त ओझा, माओवादी जिल्ला सदस्य मदनसिंह धामी, थारु समुदायका बडघर कृष्ण चौधरी र चुकी चौधरी लगायत, हरी चौधरी, बिक्रम राना, बिजय राना, मोहनसिंह बिष्ट र दिनेश बिष्ट नेकपामा समाहित भएकाे नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सीले जानकारी दिनुभयो ।

कैलालीबाट माओवादी केन्द्रका नरेस बिक, बाधाराम चौधरी, दुर्केश चौधरी, पुर्व जनमुक्ति सेनाका तारा सिंह, हसिना चौधरी, चुन्नुलाल चौधरी र टिसन भुसाल तथा बैतडीबाट खेमराज भट्ट (अग्रीम) नेकपामा समाहित भएका हुन ।

पार्टी कार्यकर्ता प्रशिक्षणको क्रममा धनगढी पुगेका नेकपा महासचिव विप्लवले पार्टीमा समाहित हुनेहरूलाई फूलमाला अबिर सहित स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस