८ माघ, धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा समाजवादको विकल्प नभएका भन्दै नेपाली जनतालाई यसबारे बुझाउदै जानु पर्ने बताउनु भएको छ ।
कैलालीको धनगढीमा आयोजीत सुदूरपश्चिम प्रदेश स्तरिय बैचारिक,राजनैतिक ,प्रशिक्षण कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै महासचिव विप्लव सीले समाजवादको विकल्प नभएकाले नेपाली जनतालाई यसबारे बुझाउदै जानु पर्ने बताउनु भएको हो ।
उहाँले नेपालमा दलाल पुँजीवादी व्यवस्थाले अस्थिरता ल्याएको भन्दै यो व्यवस्थाको अग्रगामी निवास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गर्नु भयो ।
‘दलाल पुँजीबाद नेपाली जनताको पक्षमा छैन, यसबाट जनताको समस्या समाधान हुदैन’ महासचिव विप्लवले भनु भयाे, ‘समाजबादका लागी संघर्ष गर्नु पर्छ, जनताले गर्ने संघर्ष अझै सकिएको छैन, जनतालाई समाजवाद बारे बुझाउदै जानुपर्छ, जनताका समस्याका विषयमा नेपाल कम्युनिष्ट पार्टी सधै अग्र स्थानमा रहन्छ ।’
महासचिव विप्लवले सुकुम्बासीकहरुका घर भत्काउने देखि राष्ट्रका हित विपरित गरिने सबै खाले सन्धी सम्झौता खारेजी गर्नु पर्ने माग गर्नु भयो । उहाँले असमान सन्धी सम्झौता खारेज नगरिए त्यस विरुद्ध सर्घष गर्नु पर्ने बताउनु भयो ।
उहाँले सुदूरपश्चिम क्षेत्र भनेको विद्रोही नेता जन्माउने प्रदेश भएको टिप्पणी गर्दै सुदूरपश्चिम प्रदेशले भीमदत्त पन्त देखि जनयुद्ध र एकीकृत जनक्रान्ति जस्ता थुप्रै विद्रोहहरु जन्माएको र नेताहरु जन्माएको स्मरण गर्नु भयो ।
देश अझै स्वाधीन बन्न नसकेको जिकिर गर्दै महासचिव विप्लवले राष्ट्रिय स्वाधीनता र जनताका पक्षमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
‘देश एमसीसीका कारण साम्राज्यबादीहरुको अखडा बन्न खोजिरहेको छ’ महासचिव विप्लवले भन्नु भयाे, ‘देशलाई स्वाधीन र नेपाली जनतालाई आत्मनिर्भर बनाउन साम्राज्यवादीहरुसंग लड्नै पर्छ, साम्राज्यबाद र दलाल पुँजीवादका विरुद्ध आन्दोलन गर्दै समाजवादका लागी पार्टी र नेता कार्यकर्ताहरु जिम्मेवार बन्नै पर्छ, ।’
उहाँले जनताको काखमा बाँस गर्ने पार्टी र आमाको काँखमा बाँस गर्ने सन्तान कहिल्यै नहार्ने दाबी गर्नु भयो । उहाँले भन्नु भयो ‘नेकपा भनेको जनताको काँखमा वाँस गर्ने पार्टी हो, यो कहिल्यै पनि हार्नसक्दैन, कम्युनिष्टहरुले जनताको काखमा वाँस गर्न सक्नु पर्छ ।’
पार्टीले आफ्नै उत्पादन,व्यापार र उद्योग अगाडि बढाईरहेको बताउदै उहाँले उत्पादनमा नजोडिएको कम्युनिष्ट पार्टी जनताको पार्टी हुन नसक्ने बताउनु भयो ।
उहाँले क्रान्तिकारी,देशभक्त गणतन्त्रवादी, लोकतन्त्रवादी तथा सबै अग्रगामी शक्तिहरु एकतावद्ध भएर नेपालको समस्या दिर्घकालिन रुपमा समाधान गर्न समाजवादी व्यवस्थामा जानु पर्ने विचार राख्नु भयो ।
पार्टीले ०८४ मा हुने निर्बाचनलाई एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा उपयोग गर्ने जानकारी दिदै महासचिव विप्लवले निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिनु भयो ।
पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सी (रणवीर) को अध्यक्षताम सम्पन्न कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य समर सीले गर्नु भएको थियो ।