कालिकोट सहित कर्णालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

७ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश भर थप ६ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिनु भयो ।

डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका ५ जना र कालीकोटका एकजना रहेका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशभर शुक्रबार ८८३ जनाको पीसीआर परीक्षण गर्दा ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ५२५ जनाको एन्टीजेन २०७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४९१ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ६९२ जना आशोलेनमा रहेको निर्देशनालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस