भाद्र ५, कालिकोट । जवरजस्ती वलात्कार पछि रहन गएको गर्भ पतन गराएको आरोपमा कालिकोट जिल्ला राष्कोट नगरपालिका ४ का नमराज शाही विरुद्ध ‘जवरजस्ती करणी र गर्भपतन’ मुद्धा शुक्रवार दर्ता प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयमा पेश भएको छ ।
गर्भपतन गराउने काममा सहयोग गरेको आरोपमा नमराज शाहीका ज्वाई खगेन्द्र शाही र छोरी राजी शाही विरुद्ध पनि गर्भपतन मुद्धाको दर्ता प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयमा फाइल पेश भएको र दर्ता भइ नसकेको प्रहरी प्रमुख श्यामवावु ओलीयाले जनाउनु भएको छ ।
राष्कोट नगरपालिका ४ सुनारवाडा निवासी परि सुनारका १८ वर्षिय छोरी रमिता (नाम परिवर्तित) लाई २०७६ सालको चैत्र १५ गते नमराजले जुकानाको आफ्नै पसलमा जवरजस्ती वलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
कसैलाई भनेमा मारिदिने डर घम्की दिदै आएका नमराजले वेलावेला आफु माथि वलात्कार गर्दै आएको पीडित किसोरीले वताएकी छिन । किशोरी रमिताको श्रावण २३ गते पेट दुखेपछि घर परिवारले राष्कोट सामुदायि अस्पतालमा उपचार गर्न ल्याएका थिए ।
डाक्टरले पेटमा वच्चा भएको भने पछि घटनाका वारे छोरी संग सोध खोज गर्दा वल्ल थाहा पाएको परिवारका सदस्यहरुले वताएका छन ।
त्यपछि गाउँमा उजुर वाजुरको कुरा चल्यो । राष्कोट इलाका प्रहरी कार्यालयमा पीडित परिवारले उजुरी पनि दिए ।
नमराजले राष्कोट प्रहरी चौकिमै २ लाख पैसा दिएर मिल्ने कुरा पनि गरे । राष्कोट इप्रकाले समेत पिडकलाई साथ दिएर २ लाख रुपैयामा जघन्य अपराधको मुद्धा मिलाउने प्रयास गरेको पीडित परिवारको आरोप छ ।
नमराज भने किशोरीलाई विवाह गरौंला भन्दै ललाई फगाई गर्भपतन गराउन आफ्नो ज्वाई खगेन्द्र शाही र वहिनी राजी शाही साथ जिल्ला अस्पताल मान्म ल्याए ।
पेटमा भएको गर्भ तिन महिना वढी भइसकेको हुनाले डाक्टरले स्वास्थ्यमा खतरा भएको र नसकिने वताएपछि मेडिकल वाट औषधि किनेर किशोरीलाई खुवाएका थिए । किशोरीले औषधि खाईसकेपछि गर्भपतन भयो ।
नमराजले आफ्नै घरको गोठमा एक हप्ता सम्म राखे । किशोरीको स्वास्थ्य अवस्था झन विग्रीदै गएपछि नमराजले किशोरीको वावु आमा कहाँ जिम्मा लगाउन खाजे । तर गाउँले र किशोरीको वावु आमाले वुझन मानेनन् ।
केही सिप नलागेपनि दलित, डुम कोमारा, आदि तथानामका गालि गर्दै किशोरीको वावु परिलाई मार्ने धम्की दिन थालियो एक स्थानीयले भनेका छन ।
एकातिर किशोरीको स्वास्थ्य अवस्था नाजुक हुदै छ । उच्च रक्तश्रावका कारण विहिवार मात्र उनको २ पोइन्ट रगत चढाईएको छ । उनको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।
अर्कोतिर गल्ती गर्ने मान्छे वाटै मार्ने धम्की आउदैछ । डुम कोमारा भन्दै भन्नै नसकिने गाली गलौज गरिरहेको छ पीडित पक्षले भनेको छ ।
यस्तो वेला ज्यानको सुरक्षा सहित दोषिलाई कानुन अनुसार कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जवरजस्तीकरणी गर्भपन मुद्धा दर्ताका लागि प्रक्रिया अगाडी वढाएका छौ किशोरीका वावु परिले भन्नु भएको छ ।
किशोरीका वुवा परिले आफु माथि डुम कोमारा भन्दै गालि गलौज गरेको विषयलाई जातिय विभेदको मुद्धा वनाएर दर्ता गर्न खोज्दा प्रहरी निरिक्षक यक्षराज जैसीले दर्ता गर्न नमानेको पनि गुनासो गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस