अखिल (क्रान्तिकारी) सुर्खेत द्वारा जनक शिक्षा सामाग्री कर्णाली प्रदेश प्रमुख केसीलाई कालोमोसो

भाद्र ५, सुर्खेत । नेकपा निकट अखिल (क्रान्तिकारी) सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई जनकारबाही गरेको छ ।

अखिल (क्रान्तिकारी)सुर्खेत जिल्ला समितिले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख केसीले मनोमानी ढंगले पुस्तक वितरण गरि पुस्तक व्यवसायीसंग करोडौं कमिसन खाएको, दुर्गम जिल्लाको बिल बनाइ किताब सुर्खेतमा बितरण गरेको र ढुवानीबाट लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोपमा कालोमोसो दलेर कारबाही गरेकाे हाे ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज तुलराज तिरूवाले एक बिज्ञाप्ति जारी गरि मनोमानी ढंगले पुस्तक वितरण गरि पुस्तक व्यवसायीसंग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट लगायतका दुर्गम जिल्लाको बिल बनाइ किताब सुर्खेतमा बितरण गरेको र ढुवानीबाट लाखौं कमिसन खाएको आराेप लगाईएकाे छ ।

शैक्षिक सत्र सुरु भएको ४ महिना बितिसक्दा पनि पाठ्यपुस्तक पुर्याउन नसकेको, सरकारी कार्यालयलाइ निजि पैत्रिक सम्पत्तीको रुपमा प्रयोग गर्ने र कार्यालयमा बिबाह ब्रतबन्ध जस्ता कार्यक्रम गरेको, मनोमानी ढंगले कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गर्ने र कर्मचारीलाई दासको व्यवहार गरेको, जनसेवा भन्दापनि शक्तिको आडमा सेवाग्राहीमाथी पक्षपातपुर्ण व्यवहार गरेको लगाएतका कारण सहित कार्वाही गरिएको बिज्ञप्तिमा उल्लेख छ।

बिज्ञाप्ति पुर्णपाठ

प्रतिक्रिया दिनुहोस