बिआरआई आगाडि बढाइन्छः गृहमन्त्री श्रेष्ठ

४ असोज,काठमाडौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा चीनको विकासे संस्था बेल्ट एण्ड रोड इनिसियटिब (विआरआई) अगाडि बढाईने दाबी गर्नु भएको छ ।

उहाँले नेपाल असंलग्न परराष्ट्र नीतिवाट अलग हुन नसक्ने र त्यसो गर्नु खोजिए दुर्भाग्य हुने बताउनु भयो ।

वुधवार काठमाडौको ठमेल स्थिति मल्ल होटेलको सभाकक्षमा नेपाल चीन समसामयिक सम्वन्ध प्रतिष्ठानले आयोजना गरेको “हिमालले जोडेको मित्रताः नेपाल चीन सम्वन्धको वर्तमान र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो कुरा बताउनु भएको हो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल विरही सीले एमसीसी सैन्य मोर्चा भएकाले सम्झौताको लिखत जनसंघर्षका बलमा बदर गर्नु पर्ने उद्घोष गर्नु भयो ।

कार्यक्रममा उप–सभामुख इन्दिरा रानामगर,राप्रपा नेता तथा पूर्वमन्त्री ठाकुर शर्मा,एमाले नेता राजन भट्टराई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तले पनि आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम प्रोफेसर बालमुकुन्द रेग्मीको अध्यक्षतामा भएको थियो । अन्तरक्रियात्मक शैलीमा सम्पन्न कार्यक्रमपछि साँझ रात्री–भोजको समेत होटेल मल्लमा आयोजना गरिएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस