नेकपाले टुङ्गो लगायो सबै महानगरका अध्यक्ष र सचिव

असोज ४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै महानगरकाे नेतृत्व टुंगो लगाएको छ ।

 

शनिबार बसेको पार्टी सचिवालय बैठकले ६वटा महानगरका अध्यक्ष र सचिव चयन गरेको हो।

नेकपाले काठमाडौं महानगरको अध्यक्ष निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुरका अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पोखरा महानगरकाे अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस