सरकारको रवैयाले देश संकटमा पर्ने सरोकारवालहरुको चिन्ता

असोज ४, कलिकोट । सरकार र यस्को नेतृत्वले गरेको जस्तो गल्ती आवेगमा नेकपाले गरको भए देश द्धन्द्धको भुमरीमा फसि सक्ने एक कार्यक्रमका सहभागिले बताएका छन ।

नेकपा कालिकोटले एरिया न २ मा गरेको बर्तमान राजतीतिक परिस्थितिका बारेमा शिक्षक कर्मचारी संगको अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो बताएका हुन ।

विबेक पूर्ण धैर्य नेकपा र यस्को नेतृत्वले पर्कट गरेका कारण हालसम्म देश दन्दबाट बचेको छ । अझै पनि कलात्मक संघर्ष नै जरुरी छ । सरकारको रवैयाले एक दिन देश दन्दको चपेटामा पर्ने होकी भन्ने चिन्ता ब्यक्त गरेका हुन ।

कार्यक्रममा केपी प्रचण्डले देखाएको राजनिती पुर्बाग्रह र लगाएको प्रतिबन्द फिर्ता नलिए नागरिकले सडकमा जानू बाध्यता छ पार्टीले नेतृत्व गर्न तयार हुनु पर्छ तर प्रचण्ड जस्तै धोका दिन नहुने बाताए ।

सहभागिहरुको जिज्ञासाको जवाफ दिदै जिल्ला सेक्रेटरी रणदिपले सकारका गलत क्रियाकलापको बारे जनतामा व्यापक छलफल गरि सत्यको पक्षमा आफुलाई उभ्याउन सहभागी लाई अपिल गर्दै प्रचण्डले जस्तै धोका नहुने भन्दै एकीकृत जनक्रान्तीमा निर्धक्क भएर सहयोग गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा रमेश गिरी, लोकेन्द्र गिरी लगायत आधा दर्जन सत्तारुढ नेकपा परित्याग गरि नेकपामा प्रबेश गरेको जनाईएको छ ।
एरिया न २ का ईन्चार्ज किरणको अध्यक्षता, जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता रहेको थियो भने शिक्षक कर्मचारी युवा लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस