फ्लाइट नपाएपछि नेपालगञ्जमै रोकिए डा. केसी


५ असोज, काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिनु भएको छ । जुम्लाबाट काठमाडौं फर्किन सोमबार नेपालगञ्जसम्म एम्बुलेन्समा आउु भएका उहाले काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्तरता दिनु भएको छ ।
उहाँका सहयोगी डा. प्रवीण गिरीका अनुसार केसीलाई भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं जाने तयारी रहेको डा. गिरीले जानकारी दिनु भयो ।
जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडनु भएको थियो ।
दुई वर्षअघि आफू अनशन बसेका बेला जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड भएको भन्दै केसीले यस वर्ष पनि त्यस्ता गतिविधि नहोस् भनेर काठमाडौं जान लागेको विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस