दाङ घटनाका विरुद्ध कालिकोट लगायत देशभर जुलुस प्रर्दशन

कार्तिक ४ , कालिकाेट । विप्लव नेतृत्वको नेकपाले दाङमा असोज २९ गते आफ्ना २१ जना नेता कार्यकता प्रहरीले गिरफ्तार गरको घटनाका विरुद्ध आइतवार कालिकोट लगायत देशभर विरोध जुलुस प्रर्दशन गरेको छ ।

कालिकोटमा भव्य जनसहभागीताका विच जुलुस प्रर्दशन गरिएको नेकपा कालिकोटले जनाएको छ । जुलुस प्रर्दशन पछि आयोजित कोण सभामा जिल्ला सेक्रेटरी रणदिपले सम्वोधन गर्दैै बर्तमान फासिबादी केपी सरकारले स्वाभिमान बेचेर बिदेशीको ईसारामा सरकार चलाएको आरोप लगाउनु भएको छ ।

उहाँले शान्तिपूर्ण कार्यक्रममा डटिरहेका नेता कार्यकर्ता माथि हस्तक्षेप गरी गिरफ्तार गरिएको घटना प्रति घोर आपत्ति प्रकट गर्दै नचाहादा नचाहदै पनि फासीबादी कदमका बिरुद्ध प्रतिरोध आन्दोलन गर्नु पर्ने अनिबार्य र बाध्यात्मक अवस्था आएको वताउनु भयो । सेक्रेटरी रणदिपले सम्पुर्ण कार्यकर्ता लाई निर्भिकताका साथ फासिवादका विरुद्ध आन्दोलनमा लाग्न पनि कार्यकर्ता तथा जनतामा निर्देशन दिनु भयो ।

एक फरक प्रशङमा सेक्रेटरी रणदिपले जनप्रतिनिधिहरु विभिन्न सेवा सुबिधाको नाममा लुट्ने तिर लागेको र स्थायि सरकार अथवा राष्ट्रवादी कर्मचारीहरु देश बचाउने चिन्तामा लागेकोले समाजवादको नारा देश लुटनका लागि मात्र भएको दावी गर्नु भयो ।

जनप्रतिनिधिहरुको वारे अदालतले गरेको हालैको फैसला सापेक्षिक रुपमा ठिक भएपनि तलबी मानसिकताका जनपतिनिधिहरु सो फैसला प्रति बर्बराएको खुलासा गर्नु भयो । यसैविच देशका कैलाली ,रोल्पा ,रुकुम लगायतका विभिन्न जिल्लामा केपि सरकारको फासिवादका विरुद्ध जुलुस प्रर्दशन गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस