यी युवतीको भूतसँग प्रेम सम्बन्ध ! अबचाहिँ ब्रेकअपको चाहना

कार्तिक ५ कठमाडौं । भूत छ कि छैन ? भन्नेबारे धेरैका धेरैथरी दाबी होलान् । विज्ञानले भूतप्रेतको अस्तित्वलाई पूर्णरुपमा नकार्दछ । तर पनि दुनियाँका धेरै मानिसहरु भूतप्रेत रहेको विश्वास गर्दछन् ।
भूत यथार्थमा होस् वा नहोस् तर धेरै मानिसलाई भूत भन्नेबित्तिकै डर लाग्दछ । तर यो दुनियाँमा एकजना यस्ती युवती हुनु हुन्त जसले भूतसँग प्रेम गरेको दाबी गर्नु हुन्छ ।
बेलायतकी एक युवतीको यो कथा निकै रोचक छ । उहाँ केवल भूतसँग प्रेम सम्बन्धमा मात्र रहिरहनु हुन्छ भूतरुपी प्रेमीसँग छुट्टी मनाउनका लागि विदेश समेत जानु भएन अरे । तर लामो समयदेखि चलिआएको भूतसँगको प्रेम सम्बन्ध उहाँ युवती अब तोड्न चाहनु हुन्छ ।
एमथिस्ट रिलम नामकी युवतीको दाबी अनुसार उहाँ एक भूतसँग निकै गहिरो प्रेम सम्बन्धमा हुनुहन्छ । केही समयअघि उहाँले आफू भूतको बच्चाको आमा बन्न चाहेको पनि बताउनु भएको छ । तर अब चाहिँ उहाँ भूतसँगको प्रैम सम्बन्धबाट अघाइसकनु भएको छ । उहाँ अब भूतसँग ब्रेकअप चाहनु हुन्छ ।
सन् २०१८ मा एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा रिलमले आफू केही वर्षदेखि भूतको सम्पर्कमा रहेको बताउनु भएको थियो । साथै आफूले भूतसँग रोमान्टिक सम्बन्ध बनाएको पनि दाबी गर्नु भएको थियो ।
भूतसँग बिहे गरेर भूतसँगकै समागमबाट बच्चा जन्माउनेसम्मको कल्पना गर्न भ्याउनु भएकी रिलमले अबचाहिँ भूतसँग आफ्नो बिहे नहुने बताउन थाल्नु भएको छ । पछिल्ला दिनमा भूतसँग आफ्नो सम्बन्ध टुंगिएको उहाँको दाबी छ ।
रिलम भन्नु हुन्छ ्, ‘हामी दुवैजना छुट्टीमा थाइल्याण्ड गएका थियौँ । तर छुट्टी मनाएर जब फर्कियौँ तब भूतको व्यवहार पूर्णरुपमा बदलियो । भूतको सायद अरुसँगै प्रेम बस्यो कि भन्ने लागेको छ ।’
रिलमका अनुसार यसअघि आफ्नो प्रेमी भूतले घरमा आउँदा अन्य धेरै भूत साथीहरुलाई समेत सँगै लिएर आउँदथ्यो । साथै ती भूत साथीहरु उहाँको घरमा कैयन् दिनसम्म बस्दथे अरे । आफूले प्रेमी लगायतका सबै भूतहरुसँगै बसेर पार्टी गर्ने तथा ड्रग्स समेत लिने गरेको उहाँको दाबी छ ।
–एजेन्सी

प्रतिक्रिया दिनुहोस